
काठमाडौं । भूगर्भ सिमेन्टले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा १ अर्ब १३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ ।
सन् २०२४ मा १ अर्ब ३९ करोड रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा १ अर्ब २६ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीकाअनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा १० प्रतिशतले व्यापार बढेको छ । गत आव पनि व्यापार सन् २०२३ अनुसार नै भएको भए पनि क्लिङ्करको मूल्यमा वृद्धि हुँदा नाफा भने घटेको कम्पनीले जनाएको छ ।
कम्पनीले सन् २०२३ मा क्लिङ्कर उत्पादन गरेको थिएन । सन् २०२४ मा पूर्ण क्षमतामा क्लिङ्कर उत्पादन गरेको थियो । कम्पनीले दैनिक ३ सय मेट्रिक टन क्लिङ्कर उत्पादन गर्दै आएकोमा क्षमता बढाएको छ । कम्पनीले सन् २०२४ मा १३ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
भूगर्भ सिमेन्ट उद्योग प्रालिको नाममा स्थापना भएको कम्पनी सन् २०२४ मा पब्लिक कम्पनीमा परिणत भएको छ ।
दैनिक ३२ सय मेट्रिक टन क्षमतामा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ । कम्पनीले दैनिक ७ सय मेट्रिक टन पीपीसी र ओपीसी सिमेन्ट र ३ सय मेट्रिक टन क्लिङ्कर उत्पादन गर्दै आएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब २५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ४७ करोड १६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७७ करोड ८३ लाख रुपैयाँको रेटिङ गराएको छ।
कम्पनीमा ५ जना बोर्ड सदस्य छन् । दिपकराज गिरी कार्यकारी सीईओ रहेको कम्पनीमा नन्दीकिशोर पौडेल प्रबन्ध निर्देशक हुन् ।







प्रतिक्रिया