
काठमाडौं । वीरगञ्जको घण्टाघरमा निर्माण भइरहेको गोकुल अपार्टमेन्ट आगामी अक्टोबर(असोज-कात्तिक)बाट सञ्चालनमा ल्याउने तयारी गरेको छ । ५ रोपनी क्षेत्रफलमा फैलिएको अपार्टमेन्ट निर्माण कार्य सम्पन्न गरेर आगामी अक्टोबरबाट सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
सन् २०२० मा गोकुल अपार्टमेन्ट प्रालिको नाममा दर्ता भएको कम्पनीले वीरगञ्जमा लक्जरियस अपार्टमेन्ट बनाउने भएको हो ।
कम्पनीले उक्त स्थापना ४६ युनिटको अपार्टमेन्ट बनाउने जनाएको छ । कम्पनीले ४६ वटा अपार्टमेन्टमा टुबीएचकेको चार वटा, थ्रीबीएचकेको २९ वटा, फोरबीएचकेको ९ वटा र ४ युनिट पेन्टहाउस बनाउने भएको छ ।
कम्पनीले सो अपार्टमेन्ट एउटै भवनमा निर्माण गर्नेछ ।
उक्त लक्जरियस अपार्टमेन्टमा २४ सै घण्टा सीसीटीभी सुरक्षा, दूई लेभलको पार्किङ, हेल्थ क्लब, सामुदायिक हल, मेडिटेसन सेन्टर, सुपरमार्केट, चिल्ड्रेन प्ले एरिया, स्वीमिङ पुल हल र पूर्णफर्निस्ड हुने जनाएको छ ।
कम्पनीले अपार्टमेन्ट निर्माण गर्न १ अर्ब २४ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । कम्पनीले ४२:११:४७ को लगानी अनुपात राखेको छ । जसमा कम्पनीले कर्जाःइक्विटीःप्रोमोटर कर्जा हुने उल्लेख गरेको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५५ करोड रुपैयाँको रेटिङ गराएको छ ।
हालसम्ममा ५२ करोड रुपैयाँ कर्जाको व्यवस्थापना भइसकेको छ । साथै, कम्पनीले सन् २०२५ को जुनसम्ममा ९५ प्रतिशत आर्थिक प्रगति गरिसकेको छ । त्यससँगै निर्माण कार्य सम्पन्न भइसकेको छ । कम्पनीअनुसार इन्टेरियरको कार्य र फर्निसिङको कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । सो कार्यका लागि फर्निचर निर्माण साइटमा ल्याइसकेको कम्पनीको भनाइ छ ।
कम्पनीको उक्त अपार्टमेन्टले आगामी अक्टोबरबाट व्यवासायिक कारोबार सुरु गर्नेछ । प्रदिपकुमार रुङगटा अध्यक्ष रहेको कम्पनीको प्रबन्ध निर्देशक सुभम रुङगटा हुन् ।







प्रतिक्रिया