
काठमाडौं । बिहीबारदेखि कर्मचारीको महंगी भत्ता मासिक ५ हजार रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयले सबै सरकारी निकायलाई परिपत्र गर्दै बजेटको व्यवस्था अनुसार कर्मचारीको महँगी भत्ता पाँच हजार पुर्याउन निर्देशन दिएको हो ।
मार्गदर्शनको बुँदा नम्बर ६८ मा भनिएको छ, ‘आर्थिक वर्ष २०८२र८३ को बजेट वक्तव्यको बुँदा नं। ३४९ बमोजिम सबै राष्ट्रसेवकहरूका लागि साउन १ गते देखि लागू हुने गरी महँगी भत्ता बापत मासिक पाँच हजार रुपैयाँ भुक्तानी गर्ने व्यवस्था मिलाउनु हुनेछ ।’
चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब नबढाई यसअघि २ हजार रुपैयाँ रहेको महँगी भत्ता ३ हजार बढाएर ५ हजार रुपैयाँ पुर्याएका थिए ।







प्रतिक्रिया