सरकारले खारेज गर्यो देशभरका ३६ निर्माण कम्पनीको लाइन्सेन्स, कुन कुन कम्पनी परे ?

7
Shares

काठमाडौं। एकै पटक ३७ वटा निर्माण कम्पनीको लाइसेन्स (इजाजतपत्र) खारेज भएको छ ।

बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३७ वटा कम्पनीको सूची सार्वजनिक गर्दै लाइसेन्स तोकिएको अवधिमा नवीकरण नगरेकाले स्वतः खारेज भएको जनाएको छ ।

निर्माण व्यवसाय ऐन २०५५ को दफा ५ को उपदफा ३ अनुसार यस्ता कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि २०८१ चैत मसान्तसम्म निर्माण व्यवसाय लाइसेन्स नवीकरण गरिसक्नु पर्ने प्रावधान छ । तर सो अवधिमा नवीकरण गर्न नआएपछि स्वतः खारेज भएको मन्त्रालयले जनाएको छ ।

कुन कुन कम्पनी खारेजमा परे ?
सरकारले खारेज गरेको निर्माण कम्पनीहरुमा गणपति ग्रुप अफ कन्स्ट्रक्सन प्रालि काठमाडौं, भ्याली स्टार विल्डर्स ललितपुर, गिरी कन्स्ट्रक्सन काठमाडौं, डिलक्स द व्रेभ वरियर अफ कन्ट्रक्सन काठमाडौं, भ्याली कन्स्ट्रक्सन ललितपुर, पारिजात निर्माण सेवा सुनसरी, इन्टरनेशनल इन्फ्रा विल्डर्स काठमाडौं, आरएमबी इन्जिनियर्स एण्ड विल्डर्स काठमाडौं, शरदराज कोलाक्षपती कन्स्ट्रक्सन पाल्पा, जय बुद्ध शेर्पा कन्स्ट्रक्सन काठमाडौं, उजि कन्स्ट्रक्सन कास्की, एक्सीलेन्ट विल्डर्स झापा र शेरम निर्माण सेवा दाँग रहेका छन् ।

यस्तै कुशवाहा कन्स्ट्रक्सन सिराहा, सुदीप निर्माण सेवा काभ्रेप्लाञ्चोक, पारुल निर्माण सेवा धनुषा, धनकुट्टा निर्माण सेवा धनकुट्टा, प्रेम शान्ती कन्स्ट्रक्सन चितवन, कालिन्द्री कन्स्ट्रक्सन मकवानपुर, चित्रेश्वर निर्माण सेवा ललितपुर, बारा चितवन निर्माण सेवा दाँग, चौवन्दी कन्स्ट्रक्सन इलाम, एभरेष्ट एण्ड कम्पनी सिन्धुपाल्चोक, भोला निर्मण सेवा दाँग, जिएस निर्माण सेवा झापा, शर्मिला निर्माण सेवा मकवानपुर, त्रिपुरा कन्स्ट्रक्सन कञ्चनपुर, पूर्णागिरी निर्माण सेवा डडेलधुरा, सोताँग कालिका देवी कन्स्ट्रक्सन सोलुखुम्बु, प्रतिभा निर्माण सेवा स्यांग्जा, सीतामाई कन्स्ट्रक्सन चितवन र मुक्तिनाथ कन्स्ट्रक्सन सिराहा खारेजमा परेका छन् ।

यसैगरी जयसुन्दरी माई बिल्डर्स एण्ड सप्लायर्स काठमाडौं, जोशी कन्स्ट्रक्सन भक्तपुर, रैन कन्स्ट्रक्सन सुनसरी, मारुती बिल्डर्स एण्ड सप्लायर्स काठमाडौं र सिरुवाटेक प्रालि काठमाडौं पनि खारेजमा परेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

Skip This