साउन १ : कर्कट (साउने) सङ्क्रान्ति पर्व, यस्तो छ लुतो फाल्ने विधि

112
Shares

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।

अधिकांश नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए ।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन् ।

परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर ‘कण्डारक’ नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आआफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रूपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रूपमा पनि लिइन्छ ।

महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गर्छन् । साउन महिनामा विशेषगरी हरियो कपडा, चुरा बढी बिक्री हुने गरेको छ । यो महिनामा धेरै महिलाले हरियो र रातो पहिरन लगाउने गर्छन् ।

सूर्य दक्षिणायन सुरु : धार्मिक, प्राकृतिक ,आर्थिक र वैज्ञानिक महत्व

नेपालमा आजदेखि सूर्य दक्षिणायन प्रारम्भ भएको छ। प्रत्येक वर्ष श्रावण १ देखि माघ महिनाको १ गते सम्म सूर्य दक्षिणायनमा रहने गर्दछ। यो समयलाई हिन्दू धर्मशास्त्रले विशेष महत्वका साथ हेर्ने गरेको छ। दक्षिणायन आरम्भ भएसँगै धार्मिक कार्य, प्राकृतिक परिवर्तन र स्वास्थ्य सम्बन्धी विभिन्न मान्यता जोडिएका छन्।

धार्मिक विश्वास अनुसार सूर्य दक्षिणायनलाई ‘देवताहरूको रात’ भनिन्छ। यस अवधिमा व्रत, पूजा, तिर्थयात्रा र यज्ञको प्रभाव तुलनात्मक रुपमा कम हुने जनविश्वास छ। उत्तरायणलाई पुण्यदायी मानिए पनि दक्षिणायनमा पनि धार्मिक साधना, जप, ध्यान र दान-पुण्यको महत्त्व उत्तिकै रहेको धर्मशास्त्रमा उल्लेख छ। देव गुरु वृहस्पतिको प्रभाव समेत यस अवधिमा विशेष रहेको मानिन्छ। साथै दशै तिहार जस्ता ठुला चाड पर्व पनि सुर्य दक्षिणयन भएको बेला पर्दछ।

दक्षिणायन सुरु भएसँगै नेपालमा मौसमी परिवर्तनको संकेत मिल्छ। प्राकृतिक चक्र अनुसार यस अवधिमा वर्षा ऋतु, शरद ऋतु र हेमन्त ऋतु पर्दछन्। दिन छोटिँदै जान्छन् भने रात लम्बिँदै जान्छन्। कृषि कार्यलाई मध्यनजर गर्दै यो समयलाई खेतीपातीको मुख्य सिजनको रुपमा लिइन्छ। कृषकहरु यसै समयमा रोपाइँ, बाली संरक्षण र उत्पादनमा व्यस्त हुने गर्छन्। वैज्ञानिक रुपमा हेर्दा दक्षिणायन पृथ्वीको अक्ष झुकाइ र सूर्यको भ्रमण पथसँग सम्बन्धित छ।

सूर्य दक्षिण तर्फ झुक्न थालेपछि नेपालको भूभागमा सूर्यको किरण सिधा नपर्ने भएकाले तापक्रममा गिरावट आउँछ। यसले वर्षा प्रणालीलाई सक्रिय बनाउँछ र कृषिका लागि अनुकूल वातावरण निर्माण गर्छ। चिकित्सकहरु यो अवधिमा चिसो र संक्रमणजन्य रोगहरुबाट सचेत रहन सुझाव दिन्छन्। सूर्य दक्षिणायन हुँदा नेपालको अर्थतन्त्रमा पर्न सक्ने सम्भावित प्रभावहरू नेपालमा सूर्य दक्षिणायन सुरु भएसँगै अर्थतन्त्रका केही क्षेत्रहरूमा प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव देखिने गर्दछ।

यहाँ मुख्य असरहरू यस्ता छन्:

१. कृषि क्षेत्रमा प्रत्यक्ष प्रभाव दक्षिणायन सुरुवातसँगै नेपालमा वर्षा याम सक्रिय हुन्छ। असारदेखि माघसम्म मुख्य खेतीपातीको सिजन हुन्छ। असार साउनमा धान रोपाइँ, त्यसपछि कोदो, फापर, गहुँ र तरकारी खेतीले गाउँघरको आर्थिक गतिविधि तीव्र बनाउँछ। कृषिमा निर्भर ठूलो जनसंख्या भएकाले दक्षिणायनले कृषि उत्पादन र ग्रामीण आम्दानीमा सकारात्मक प्रभाव पार्छ।

२. उपभोग र व्यापारमा चहलपहल साउने महिनादेखि धार्मिक पर्व र मेलाहरु बढ्ने भएकाले बजारमा उपभोग्य वस्तु, फलफूल, फूल, पूजासामग्रीको माग वृद्धि हुन्छ। श्रावण संक्रान्ति, नागपञ्चमी, जनैपूर्णिमा, तीज , दशै , तिहार, छठजस्ता पर्वले बजार सक्रिय बनाउँछ। यसको प्रत्यक्ष फाइदा स्थानीय व्यवसाय, लघु व्यापार, ठुला तथा मझौला उधोग र सामान्य बजारहरुमा आर्थिक गतिविधि हुन्छ।

३. निर्माण क्षेत्रमा मन्दी दक्षिणायन सुरुवातसँगै वर्षा बढ्ने भएकाले निर्माण कार्यहरूमा ढिलाइ वा अस्थायी रोकावट आउने सम्भावना हुन्छ। यो समयमा नै ठुला ठुला चाहड पर्व पर्ने र निर्माण क्षेत्रमा काम गर्ने कामदार बिदा बस्ने घुम्न जाने , खोलामा बाडि आउने , पहिरो गएर यातायत अवरुद्ध हुने भएकाले पूर्वाधार निर्माण, घर निर्माण लगायतका ठूला आयोजनामा कार्य प्रगति सुस्त हुने देखिन्छ।

४. पर्यटन क्षेत्र मिश्रित प्रभाव श्रावण महिनादेखि वर्षा ऋतु भएकाले आन्तरिक पर्यटनमा कमी देखिए पनि धार्मिक पर्यटनजस्तै पाशुपतिनाथ बुडानिलकण्ठ, विभिन्न शक्तिपीठमा दर्शन गर्नेको संख्या बड्दछ। नेपालमा वर्षा याम सुरु भएसँगै बाह्य पर्यटक आगमनमा गिरावट देखिने गरेकोछ। पर्यटन विभागका अनुसार असारदेखि भदौसम्म हिमाल अवलोकन, ट्रेकिङ र साहसिक यात्रामा उल्लेख्य कमी आउने गरेको छ। वर्षाको समयमा सडक अवरुद्ध, बाढी पहिरोको जोखिम र मौसम प्रतिकूलताका कारण धेरै पर्यटक अन्य समय रोज्ने गर्छन्। यद्यपि चितवन, बर्दिया लगायतका क्षेत्रका जंगल सफारी र सांस्कृतिक भ्रमण भने वृद्धि हुनेगरेको छ।

५. ऊर्जा र जलविद्युतमा सकारात्मक प्रभाव दक्षिणायनसँगै पानीको बहाव बढ्ने भएकाले जलविद्युत उत्पादन बढ्छ, लोडसेडिङको जोखिम न्यून हुन्छ। नेपालजस्तो जलविद्युतमुखी अर्थतन्त्रका लागि यो सकारात्मक संकेत हो। सूर्य दक्षिणायन भएको समय नेपालमा कृषिमा समृद्धि, उपभोग्य बजारमा वृद्धी, धार्मिक पर्यटनमा चहलपहल र ऊर्जा उत्पादनमा सुधार आउने देखिन्छ। निर्माण र पर्यटकीय क्षेत्रमा केही असहजता ल्याउने समय पनि हो। आर्थिक गतिविधि ऋतु अनुसार प्रभावित हुने भएकाले यो अवधिलाई व्यवस्थित नीति र योजना अनुसार उपयोग गरे आर्थिक सन्तुलन कायम राख्न सकिन्छ।

लुतो फाल्ने विधि

साउने संक्रान्तिको दिन कतिपय ठाउँमा संक्रान्ति सुनाउन जाने चलन अहिले पनि देख्न सकिन्छ । संक्रान्ति सुन्ने र यस दिन स्नान गरेर दान गर्दा पुण्य प्राप्त हुन्छ भन्ने मान्यता छ । लुतो फाल्ने दिन दिउँसो जंगलमा गएर विभिन्न प्रजातिका वनस्पतिहरु संकलन गर्ने गरिन्छ । ती संकलित वनस्पतिको साथमा यही दिन कन्दारक पूजा पनि गर्नुपर्ने शास्त्रीय मान्यता रहेको ढुंगेल बताउँछन् । साउने सग्रान्ती मा लुतो फाल्ने चलन लुतो फाल्ने कर्म श्रावण १ गते साँझ गरिन्छ ।

यसदिन १ भलायोको पात — भल्लातकः २. नागबेली नागवल्लीः ३. तिउरी – त्रिवृत् ४. कुरिलो — शतावरी ५. पानीसरो – पानिसरः ६. देवीसरो — देवीसरः ७. कुकुरडाइनुको लहरो — कुक्कुटशृंगिका ८. धसिङ्गरेका बोट — द्विसङ्गरी ९. सिउँडी — शृंगाटकः १०. सिस्नु — ऊर्णिकः फल सहितको पानीअमला लगायतका विविध वनस्पति जम्मा गर्ने गरिन्छ ।

सूर्यास्तपछि दिनभर जम्मा पारेको वनस्पतिको साथमा कन्दारकको पूजा गरिन्छ कन्दारक (कन्दरक) देवता नेपालको विशेषगरी पहाडी तथा हिमाली भेगमा पूजाआजा गरिने स्थानीय, लोकदेवता हुन्। यी देवता खासगरी गाउँ समाजको रक्षा गर्ने, प्राकृतक आपद् तथा रोगबाट जोगाउने र समृद्धिको प्रतीक मानिन्छन्।

कन्दारक देवताको विशेषता: यी कुनै विशिष्ट जात, समुदाय वा भूगोलसँग जोडिएका देवता हुन् (केही किरात समुदायमा कन्दारक देवताको विशेष पूजा गरिन्छ) जसलाई लुते देउताको रुपमा पनि चिन्ने गरिन्छ । यी सबै चिजका अलावा बिमिरो अथवा निबुवालाई कन्दारक को पर्तिमुर्ती मानेर पनि कन्दारकको पूजा गर्ने गरिन्छ।

संस्कृतमा यो पर्वलाई ‘लुत निक्षेपण’ कन्दारक देवताको विशेषता: स्थानिय देवता: यी कुनै विशिष्ट जात, समुदाय वा भूगोलसँग जोडिएका देवता हुन्।(नेपालको पूर्वी पहाडी क्षेत्रमा बिशेष पूजा गरिन्छ ) जसलाई लुते देउताको रुपमा पनि चिन्ने गरिन्छ । यी सबै चिजका अलवा बिमिरो अथवा निबुवालाई राखेर पनि कन्दारकको पूजा गर्ने गरिन्छ ।

संस्कृतमा यो पर्वलाई लुतो फाल्ने ( ‘लुत निक्षेपण’ )पर्वको नामले चिनाउने गरिएको छ । यसको अर्थ लुतो फाल्ने नै हो । पूजा सकेपछि दियालो बालिन्छ । लुतो फालेर दियालो बाल्नाले शरीर मा भएका छालाको समस्या हट्ने जनविश्वास रहिआएको छ ।कुरिलो डाँठमा राखेर आगो बालिसकेपछि त्यो दाउरा आफैँ पड्किन सुरु हुन्छ ।

कुरिलोको डाँठलाई पाँचदेखि सातवटा मुठा बनाइए हुन्छ।ती सबैलाई अगुल्टोको रुपमा प्रयोग गरिन्छ । दाउरालाई सबै दिशातिर फालिन्छ। कन्दारकको पूजाको समयमा घरमा कसैले ढिकी कुट्ने, कसैले नांग्लो ठटाउने वा शंख फुक्ने जस्ता काम गर्ने गरिन्छ । यसरी बाजा वा शंख फुक्दै पहिले मुठा बनाइएको अगुल्टोलाई अर्काे गाउँलेको नाम लिएर वा छिमेकी को नाम लिएर लुतो फाल्ने गरिन्छ । अर्काे गाउँलेले पनि यही विधिबाट नै आफ्नो सम्मुख गाउँलेको नाम लिएर लुतो फाल्ने गर्छन् ।