
काठमाडौं । सरकाले १ हजार रुपैयाँ दरका नयाँ नोटका लागि चित्र र आकार स्वीकृत गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकले गरेको प्रस्तावित चित्र र आकार स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
राष्ट्र बैंकले नोटको डिजाइन र आकार तयार गरी अर्थ मन्त्रालयमार्फत मन्त्रिपरिषद् लगेको थियो ।
नयाँ नोटमा गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षर हुने छ ।
असार २३ र ३० गते बसेको मन्त्रिपरिषद्ले विभिन्न २९ निर्णय गरेको छ ।










प्रतिक्रिया