
काठमाडौं । विवादास्पत मेडिकल व्यवसायी दुर्गा प्रसाईंले झापाको बिर्तामोडमा सवा तीन अर्ब रुपैयाँभन्दा बढी लगानीमा पाँचतारे होटल बनाइरेहका छन् ।
होटल अट्रियम प्रालिले बिर्तामोडमा ३ अर्ब २९ करोड ८० लाख रुपैयाँमा बिर्तामोडमा पाँचतारे होटल बनाउने भएका हुन् ।
सन् २०१६ मा स्थापना भएको कम्पनीले १६ हजार ८ सय ४३ स्क्वायरफिटमा होटल निर्माण गर्नेछ । होटलमा ९८ वटा कोठाको सुविधासहित लक्जरियस होटलको सुविधा दिने भएको हो ।
कम्पनीले उक्त होटल निर्माणका लागि २ अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले होटल निर्माणका लागि ७१:२९ को लगानीको अनुपात कायम गरेको छ ।
कम्पनीले सुरूमा २ अर्ब ८४ करोड ३० लाख रुपैयाँमा होटल निर्माण गर्ने भनिएको थियो । तर कम्पनीले होटलमा कोठाको संख्या बढाएको र डिजाइनमा परिवर्तन गर्दा लागत बढेको उल्लेख गरेको छ । कम्पनीले सुरुमा ९६ वटा कोठा बनाउने भनिएकोमा अहिले सो होटल ९८ कोठाको सुविधामा बन्ने भएको हो ।
कम्पनीले ब्याङ्क्वेट र क्यासिनोको साइज बढाएको जनाएको छ । हालसम्ममा कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ लगानी जुटाइसकेको छ । कम्पनीले अहिलेसम्म ८९ प्रतिशत आर्थिक प्रगति भइसकेको उल्लेख गरेको छ । त्यस्तै कम्पनीले आगामी २०२६ को जुलाईबाट व्यवसायिक कारोबार सुरु गर्ने अपेक्षा गरेको छ । होटलमा रेष्टुरेन्ट, स्वीमिङ पुल, कन्फरेन्स हल र ब्याङ्क्वेट हल, स्पा, क्यासिनो र अन्य सुविधा हुनेछ ।
व्यवसायी प्रसाईं भने हाल कारागारमा रहेका छन् । गत चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक भएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो र उनीविरुद्ध मुद्दा चलिरहेको छ ।







प्रतिक्रिया