काठमाडौं महानगरले ‘सेफ फुड’ अभियान चलाउने


काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘सेफ फुड’ काठमाडौं अभियान चलाउने भएको छ ।

आइतबार आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाह (बालेन)ले उपभोक्ताको हितको लागि सेफ फुड काठमाडौं अभियान चलाउने बताएका हुन् ।