काठमाडौं महानगरको १७औं नगर सभा सुरु, २५ अर्बको बजेट ल्याइँदै


काठमाडौं । काठमाडौं महानगरपालिकाको १७औं नगर सभा सुरु भएको छ । नगर सभामा आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गरिँदैछ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको हो। यसअघि गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर बालेन शाहले आज बजेट प्रस्तुत गर्ने प्रस्ताव गरेका थिए ।

राजस्व परामर्श समितिको बैठकले आगामी वर्षका लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ। आजको नगर सभामा सोही सीमा भित्रको बजेट प्रस्तुत हुने बताइएको छ ।

संविधान अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने व्यवस्था रहे पनि काठमाडौं महानगरभित्रको आन्तरिक विवादका कारण बजेट ल्याउन ढिलाइ भएको हो ।