
काठमाडौं । काठमाडौंको टोखामा ४५ वटा हाउजिङसहित आभास कोलोनी बन्ने भएको छ । वन्डरफुल रियल इस्टेट प्रालिले टोखामा ४५ वटा हाउजिङको सुविधासहित आभास कोलोनी निर्माण गर्ने भएको हो ।
सन् २०२१ मा स्थापना भएको कम्पनीले सहायक कम्पनी पानारोम रियल इस्टेट प्रालिको नाममा सो हाउजिङ बनाइरहेको छ । सुरुमा ८३ वटा हाउजिङ बनाउने भनिएको भए पनि अहिले उक्त संख्या घटेर ४५ वटामा सीमित भएको हो ।
वन्डरफुल कम्पनीमार्फत् २३ वटा युनिट बनाइने भएको छ भने बाँकी युनिट सहायक कम्पनी पनरोमामार्फत् निर्माण गरिने छ । सुरुमा वन्डरफुल कम्पनीले ४२ वटा युनिट र बाँकी युनिट पनरोमामार्फत् निर्माण गर्ने भनिएको थियो ।
दुई कम्पनीले ४० वटा प्लट भने बराबरको दरले बिक्री गर्ने छन् । जसमा वन्डरफुल कम्पनीले २० वटा र पनरोमा कम्पनीले २० वटा जग्गाको प्लट बिक्री गर्ने छन् । त्यस्तै यी दुई कम्पनीले चालु आर्थिक वर्षमा १६ करोड ६० लाख रुपैयाँको व्यापार गरेका छन् ।
वन्डरफुल कम्पनीले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा ८ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा २ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले कोलोनी निर्माणका लागि ८५ करोड रुपैयाँको रेटिङ गराएको छ ।
नेपालमा विगत केही वर्षदेखि घरजग्गा कारोबारमा कमी आउँदा व्यापारमा प्रभाव परेको कम्पनीले जनाएको छ । हाल कम्पनीले २३ वटा हाउजिङ र २० वटा व्यक्तिगत प्लट बिक्री गर्ने भएको छ । कम्पनीको हालसम्ममा ७० प्रतिशत आर्थिक प्रगति भएको उल्लेख गरेको छ । हालसम्ममा जग्गाको अधिग्रहण र १५ वटा हाउजिङ निर्माण र व्यक्तिगत प्लट बिक्रीका लागि तयार भएको उल्लेख गरेको छ ।
त्यस्तै सहायक कम्पनी पानरोमा रियल इस्टेटले २२ वटा हाउजिङ बनाउने भएको छ । सो कम्पनीले सुरुमा ४१ वटा युनिट बनाउने योजना बनाएको थियो । साथै कम्पनीले २२ वटा हाउजिङसहित २० वटा जग्गाको प्लट बिक्री गर्ने भएको छ । कम्पनीको हालसम्ममा ६५ प्रतिशत आर्थिक प्रगति भइसकेको छ।
कम्पनीअनुसार हाल ९ वटा हाउजिङ निर्माणको कार्य सम्पन्न गर्न बाँकी रहेको छ । साथै, चार वटा हाउजिङको निर्माण कार्य भने ढिला हुने जनाएको छ ।
कम्पनीले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ११ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा १ करोड ९० लाख रुपैयाँ र सन् २०२३ मा ५ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८५ करोड रुपैयाँको रेटिङ गराएको छ ।
दिपक कुँवर अध्यक्ष रहेको कम्पनीले हालसम्म कुँवर कोलोनी, वानियाटार ल्यान्ड डेभलपमेन्ट प्रोजेक्ट, इसान कोलोनी, लोत्से मल, आकृति कोलोनी आदि निर्माण गरिसकेको छ ।







प्रतिक्रिया