
काठमाडौं । दुई दिनको गिरावटपनि सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।
साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.९९ अंकले बढेर २००७.८५ बिन्दुमा उक्लिएको छ ।
अघिल्लो कारोबार दिन मंगलबार नेप्से ०.१४ अंक र सोमबार २२.३५ अंकले घटेको थियो । त्यसअघिका छ कारोबार दिन भने नेप्सेमा लगातार वृद्धि देखिएको थियो ।
बुधबार नेप्सेमा कुल ७ अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार भने नेप्सेमा कुल ६ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएकामध्ये १९९ कम्पनीको सेयर मूल्य बढ्दा ४९ कम्पनीको छ ।
बुधबार बैंकिङ समूहको सेयर मूल्य १.९० प्रतिशतले बढ्दा लगानी समूह १.५० प्रतिशत र उत्पादन समूह १.०२ प्रतिशतले उकालो लागेको छ । फाइनान्स समूह र म्युचअल फन्डबाहेक सबै समूहको सेयर मूल्य बढेको छ ।









प्रतिक्रिया