
काठमाडौं । तिब्बतबाट आएको भिषण बाढीले बगाएको रसुवागढी हाइड्रोको प्रतिकित्ता सेयरमूल्य करिब १९ रुपैयाँले घटेको छ । नेपाल–चीन सीमा रसुवागढीमा हेडवर्कस् रहेको रसुवागढी जलविद्युत्को भाउ प्रतिकित्ता १८ रुपैयाँ ९१ पैसाले घटेको हो ।
कम्पनीको सेयरमूल्य ५.१२ प्रतिशतले घटेर ३५०.५० रुपैयाँ कायम भएको छ । दिनभर १ हजार ७ सय ५२ कारोबारमार्फत् ३ लाख ३८ हजार ४ सय ९२ कित्ता सेयर ११ करोड ९० लाख रुपैयाँमा किनबेच भए ।
कम्पनीको सेयरमूल्य दिनकै कम ३४५.५० रुपैयाँसम्म झरेको थियो । रसुवागढीका सेयरधनी दिनभर सबैभन्दा बढी गुमाउने लगानीकर्ता हुन् ।
मंगलबार बिहान लेदोसहित आएको बाढीले आयोजनाको हेडवर्कसको गेट बगाएको थियो । परियोजनामा कति क्षति भएको छ भन्ने यकीन हुन सकेको छैन ।








प्रतिक्रिया