
काठमाडौं । प्रभु बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोर जंग कार्कीले सपथ ग्रहण गरेका छन् । गत माघ १ गतेको वार्षिक साधारणसभाबाट बैंकको सञ्चालकमा निर्वाचित कार्की असार १९ गते सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका थिए ।
कार्कीले सोमबार नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेल समक्ष सपथ लिएका हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर गरेका कार्कीले लोकसेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, अर्थ मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सामान्य प्रसासन मन्त्रालयको सह–सचिवका रुपमा काम गरिसकेका छन् ।








प्रतिक्रिया