सिद्धार्थ केबलकारले तीनकुनेमा खोल्यो कार्यालय, छिटै आईपीओ जारी गर्दै

301
Shares

काठमाडौं । सिद्धार्थ केबलकारले केन्द्रीय कार्यालय खोलेको छ । प्रभु केबलकार एन्ड टुरिजमको लगानीमा सञ्चालित केबलकारले काठमाडौंको तीनकुने केबलकारको कार्यालय स्थापना गरेको हो ।

यो केबलकारले रुपन्देहीको बुटवलमा रहेको गौतम बुद्धको कुलगरुको आश्रम र पाल्पा जिल्लाको नुवाकोटमा रहेको पुरानो भैरवकामना मन्दिरलाई जोड्छ ।

यो केबलकार भगवान गौतम बुद्धका अनुयायीले अत्यधिक यात्रा गर्ने बौद्ध धर्मावलम्बी लक्षित पहिलो केबलकार परियोजना हो । सोही केबलकारले अहिले आईपीओ ल्याउन लागेको छ ।

गत भदौमा सञ्चालनमा आएको केबलकारले निकट भविष्यमा सार्वजनिक सेयर निष्कासन (आईपीओ जारी) गर्ने योजना बनाएको छ । आईपीओ निष्काशनका लागी सहजीकरण गर्न र कम्पनीको व्यापार प्रवद्र्धन एवं बजारीकरण गर्ने मुख्य उद्देश्य सहीत कम्पनीले आफ्नो केन्द्रीय कार्यालय स्थापना गरेको जनाएको छ ।