लगातार तेस्रो दिन बढ्दा २६६० को बिन्दुमा पुग्यो नेप्से

140
Shares

काठमाडौं । सेयर बजारमा लगातार तेस्रो कारोबार दिन पनि वृद्धि भएको छ । आर्थिक वर्षको अन्त्यतिर आउँदा सेयर बजार सकारात्मक देखिएको हो ।

साताको तेस्रो कारोबार दिने मंगलबार बजार परिसूचक नेप्से २८.९१ अंकले बढेर २६६०.३९ को बिन्दुमा बन्द भएको छ । गत बिहीबार घटेर २६०० भन्दा तल २५९४.७४ को बिन्दुमा बन्द भएको नेप्से यो साता लागेसँगै लगातार बढेको छ । आइतबार २६.५३ अंकले बढेको बजार परिसूचक सोमबार पनि ९.१९ अंकले बढेको थियो ।

बजार परिसूचकसँगै मंगलबार अधिकांश उपसूचक पनि बढेको छन् । व्यापार उपसूचक ०.६१ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसूचक ०.०७ प्रतिशतले घटेको छ । त्यसबाहेकको सबै उपसूचक बढेका छन् । लगानी उपसूचक सर्वाधिक २.३८ प्रतिशत र लघुवित्त उपसूचक २.२२ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ, विकास बैंक, हाइड्रोपावर, जीवन र निर्जीवन बीमा उपसूचक पनि १ प्रतिशतभन्दा माथिले बढेको हो ।

बजार परिसूचक बढे पनि कारोबार रकम पनि औसत नै देखिन्छ । मंगलबार नेप्सेमा ७० हजार २१४ वटा कारोबारमा १ करोड ५७ लाख ६४ हजार १ कित्ता धितोपत्र सूचिकृत धितोपत्र किनबेच हुँदा ७ अर्ब ३ करोड ३० लाख ५० हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट फण्डको सबैभन्दा धेरै ४६ करोड १६ लाखको कारोबार हुँदा राधी जलविद्युत कम्पनीको ४५ करोड ५५ लाख, बुटवल पावर कम्पनीको २५ करोड ८४ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको २५ करोड २१ लख रुपैयाँ र युनियन हाइड्रोपावरको २५ करोड १६ लाखको सेयर कारोबार भएको छ ।

मंगलबार बजारमा २४८ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २१७ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ३१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ ।

कारोबार भएकामध्ये सामुदायिक लघुवित्तको सेयरमूल्य ९.८७ प्रतिशतले वृद्धि हुँदा न्यादी हाइड्रोपावरको सेयरमूल्य पनि ९.८७ प्रतिशत, बरुण हाइड्रोपावरको सेयरमूल्य ८.४१ प्रतिशतले बढेर बन्द भएको छ ।

यता युनिलिभर नेपालको सेयरमूल्य प्रतिकित्ता १ हजार अथात् २.१३ प्रतिशतले गिरावट भएको छ । त्यस्तै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य १.८७ प्रतिशत र सनराइज फस्ट म्युचुअल फण्डको इकाईमूल्य १.८७ प्रतिशतले घटेको छ ।

Skip This