
काठमाडौं । एसडीजी ग्लोबल इम्पोर्टसले गत आर्थिक वर्षमा डेढ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब ५३ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२३ मा १ अर्ब ३५ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब ५६ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१७ मा स्थापना भएको कम्पनीले तेल, चिनी, चामल, दाल, जीरा, पिनट, मिश्री, शखर र गोल्डेन रेजिन आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १ अर्ब ४८ करोड ८० लाख रुपैयाँको व्यापार गरिसकेको छ ।कम्पनीअनुसार पछिल्लो २ वर्षमा कम्पनीको व्यापार ५ प्रतिशतले रिबाउन्ड हुँदै आएको जनाएको छ ।
कम्पनीको देशमा एक सयभन्दा बढी शहरमा आयातित वस्तु तथा सेवा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीलेृ दीर्घकालीन कर्जाको लागि ५५ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५५ करोड रुपैयाँको रेटिङ गराएको छ ।







प्रतिक्रिया