असार १५ मा १ अर्ब ४० करोड रुपैयाँ बराबरको दहीको कारोबार हुने अपेक्षा

196
Shares

काठमाडौं । दही चिउरा खाने दिनको रुपमा मनाइने गरिएको असार १५ मा करिब ८० लाख लिटर दही खपत हुने अनुमान गरिएको छ ।

नेपाल डेरी एसोसिएसनले बिहीबार काठमाडौंमा ‘दही चिउरा खाने विशेष कार्यक्रम – २०८२’ आयोजना गरी दहीको खपत, पोषणीय पक्ष र सांस्कृतिक महत्वबारे जानकारी गराउँदै असार १५ गते देशभर दहीको माग अत्यधिक हुने जनायो । एसोसिएसनले उक्त दिन ८० लाख लिटर दही खपत हुने अनुमान गरेको छ ।

एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले असार १५ गते मात्रै करिब १ अर्ब ४० करोड रुपैयाँ बराबरको दहीको कारोबार हुने अपेक्षा गरिएको जानकारी दिए ।

असार १५ लाई नेपाली राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउने गरिएको छ ।