इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायसँग समन्वय नगर्ने, संसद्ले गर्‍यो प्रस्ताव पारित

1.4k
Shares


एजेन्सी । इरानको संसद्ले अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए) सँगको सहकार्यलाई निलम्बन गर्ने प्रस्ताव बहुमतका साथ पारित गरेको छ ।

बुधवार संसद्को खुला सत्रमा इरानी सांसदहरूले सहकार्यलाई निलम्बन गर्ने प्रस्ताव पारित गरेका हुन् । प्रस्तावको पक्षमा २२१ भोट खसेको थियो भने विपक्षमा एउटा पनि भोट थिएन ।

अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्दै इरानका आणविक केन्द्रहरूमा अमेरिकाले आक्रमण गरेपछि इरानी संसद्ले यो प्रस्ताव पारित गरेको हो ।

उक्त आक्रमणपछि इरानले शान्तिपूर्ण आणविक कार्यक्रम जारी राख्ने र आफ्नो सार्वभौसत्तालाई प्रतिरक्षा गर्ने सबै कदमहरू चालिरहने जनाएको छ ।

इरानले यस प्रस्तावपछि गोप्य रूपमा आणविक कार्यक्रम चलाउने सम्भावना बढेको विज्ञहरू बताउँछन् ।