
काठमाडौं । मालिका स्टिल प्रालिले एक वर्षमा ९४ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ९४ करोड रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२३ मा ९४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार गत वर्षको तुलनामा ३० लाख रुपैयाँ कम व्यापार भएको छ ।
सन् २०२१ मा स्थापना भएको कम्पनीले स्टिल तार र अन्य स्टिलजन्य सामग्री उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । टिकापुर कैलालीमा उद्योग रहेको कम्पनीसँग वार्षिक २६ हजार ८ सय १२ मेट्रिक टन उत्पादन क्षमता छ ।
कम्पनीले सन् २०२२ को नोभेम्बरबाट पूर्ण रुपमा सञ्चालनमा ल्याएको थियो । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २१ करोड ७६ लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि २८ करोड ७३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ९३ करोड रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले ८० प्रतिशत कच्चा पदार्थ भारतबाट आयात गरेर आपूर्ति गर्ने जनाएको छ । कम्पनीमा ६ जनाको स्वामित्व छ । कम्पनीको अध्यक्षमा टिकाराम जैशी छन् ।







प्रतिक्रिया