
एजेन्सी । चीनको नेशनल युनिभर्सिटी अफ डिफेन्स टेक्नोलोजीले गोप्य सैन्य कारवाही लामखुट्टे जत्रो आकारको ड्रोन बनाएको छ ।
यसले जटिल वा संवेदनशील क्षेत्रमा सैन्य निगरानी र खोजी अभियानमा सहयोग गर्ने बताइएको छ ।
सानो आकारको भएकाले यो ड्रोनलाई सजिलै लुकाउन सकिन्छ । यसका दुईवटा पंखाहरू कीराको पखेटा झैं चल्छन् । शत्रु भएको क्षेत्रमा यो ड्रोन पठाउँदा शत्रु पनि कीरा भनेर झुक्किन्छ ।
ड्रोनमा तीनवटा कपाल जति पातलो ‘खुट्टा’ पनि छ र त्यसलाई ड्रोनको ल्यान्डिङमा उपयोग गरिन्छ । शहरी क्षेत्रमा हुने लडाइँ, खोजी र उद्धार तथा निगरानीका लागि पनि यो उपयोगी छ ।
यस ड्रोनमा पावर सिस्टम, कन्ट्रोल इलेक्ट्रोनिक्स र सेन्सर सबै सानो प्याकेजमा उपलब्ध छ ।
यी साना ड्रोनलाई हतपती नदेखिने भएकाले गोप्य लडाइँ, गुप्तचरी वा सामरिक खोजीमा उपयोग गर्न सकिन्छ । निकै सानो आकारको भएकाले यस्तो ड्रोनको डिजाइन गर्न र बनाउन चुनौतीपूर्ण छ ।
नर्वेले ब्ल्याक हर्नेट र अमेरिकाले रोबोबी नाम दिएर यस्तै किसिमका साना ड्रोनहरू विकसित गरिरहेका छन् ।








प्रतिक्रिया