
काठमाडौं । सन्तोष एण्ड शितल खाद्य उद्योगले एकै वर्ष साढे १ अर्ब बढीको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब ६६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२३ मा १९ करोड ३० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो । सन् २०२३ को जुलाईबाट सञ्चालनमा आएको कम्पनीले धान प्रशोधन गरी चामल उत्पादन गर्दै आएको छ ।
कम्पनीले सन् २०२४ मा ८.२४ प्रतिशतले नाफा कमाएको छ ।
प्रति घण्टा ८ मेट्रिन टन चामल उत्पादन क्षमता रहेको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७६ करोड ३८ लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि २१ करोड १५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५५ करोड २३ लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले विशेषगरी आन्तरिक बजारबाट नै कच्चा पदार्थ अर्थात् धान किनेर चामल उत्पादन गर्दै आएको छ । कम्पनीको निर्देशक शिभपुजन कल्वार हुन् । उनीसँग ३१ वर्षको अनुभव छ ।







प्रतिक्रिया