नेप्सेमा सामान्य गिरावट, कारोबार बढ्यो


काठमाडौं । सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.०७ अंकले घटेर २६५३.६८ विन्दुमा रोकिएको छ ।

अघिल्लो कारोबार दिन मंगलबार पनि नेप्से ३.९० अंकले घटेर २६५४.७५ विन्दुमा कायम भएको थियो ।

बुधबार कारोबार भने बढेको छ । आज नेप्सेमा कुल ९ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार भने नेप्सेमा कुल ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

तर, सोमबार भने नेप्सेमा १२ अर्ब ९३ करोडको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएकामध्ये ८८ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा कर्पोरेट विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।