बजेटको विरोधमा कांग्रेसकै सांसद, बाल्कोनीमा पुगेर उभिए


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसकै सांसद बजेटको बिरोधमा उत्रिएका छन् ।

आइतबारको बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद राजेन्द्र बजगाईं संसद्को बाल्कोनीमा पुगेर बजेटको बिरोधमा उत्रिएका हुन् ।

आफ्नो जिल्लामा आवश्यक बजेट नदिएको भन्दै उनी बिरोध स्वरुप दर्शकदीर्घामा गएर केहीबेर बसेका हुन् । जिल्लाका केहीलाई लिएर पुगेका उनी उनीहरुसँग बसेका हुन् ।

दर्शकदीर्घामा बसेको केही बेरमा उनी सांसद बस्ने स्थानमा गए ।