
काठमाडौं । ट्रेड टावरको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आइतबार बिहान बाँडफाँट गरिएको हो ।
कम्पनीले जेठ १४ गतेदेखि आज २० गतेसम्म प्रतिकित्ता १०० अंकित दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता निष्कासन खुला गरेको थियो ।
सो निष्कासनमा कुल २० लाख ७४ हजार २८५ जनाले २ करोड ४१ लाख १७ हजार ४८० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये १४ हजार ८९७ आवेदन रद्द भएका छन् भने २० लाख ५९ हजार ३८८ आवेदन स्वीकृत भएका छन् ।
मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको छ । जसअनुसार ३ लाख २९ हजार ६५० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।
यसरी बाँडफाँट गर्दा शेष रहेको ५.१९ कित्तामध्ये भाग्यमानी ५ जनाले १–१ कित्ताका दरले र एक जनाले ०.१९ कित्ता पाएका छन् ।








प्रतिक्रिया