
भारतको अहमदाबादमा २४२ यात्रु सवार एयर इन्डियाको बोइङ विमान बिहीवार दुर्घटनाग्रस्त भएपछि बोइङ कम्पनीको सेयर ७.८ प्रतिशतले झरेको छ ।
प्रिमार्केट ट्रेडिङमा सेयरमूल्य घटेर १९७.३ डलरमा झरेको रोयटर्स समाचार संस्थाले खबर दिएको छ ।
अहमदाबाद विमानस्थलबाट लन्डनको गाटविक विमानस्थलका लागि उडेको विमान पाँच मिनेटमै दुर्घटनाग्रस्त भएर मेघानीनगरमा रहेको आवासीय क्षेत्रमा खसेको थियो ।
विमानका टुक्राहरू मानिसको घरमा खसेका भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट भएमा छन् ।
उक्त विमानमा गुजरात राज्यका पूर्व मुख्यमन्त्री विजय रूपानी पनि चढेको कतिपय भारतीय सञ्चारमाध्यमले खबर दिएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विमान दुर्घटनाका विषयमा केन्द्र सरकारका नागरिक उड्डयनमन्त्री राममोहन नायडुसँग कुराकानी गरेका छन् ।
दुर्घटनाग्रस्त क्षेत्रमा उद्धारकार्य जारी छ ।








प्रतिक्रिया