
एजेन्सी । भारतको अहमदाबादमा २४२ यात्रु चढेको एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको एएनआई समाचार संस्थाले खबर दिएको छ ।
अहमदाबाद विमानस्थल नजिक रहेको मेघानीनगर क्षेत्रमा उक्त दुर्घटना भएको हो ।
अहिले उद्धारकार्य जारी रहेको दमकल विभागका अधिकृत जयेश खादियाले जानकारी दिएका छन् । ‘विमान भुइँमा बज्रिएपछि त्यसमा आगो लागेको थियो र अग्निनियन्त्रकहरूलाई तत्कालै उद्धारमा खटाइएको थियो,’ उनले बताए ।
दुर्घटनामा कतिजनाको मृत्यु भएको छ र दुर्घटना के कारणले भएको हो भनी आधिकारिक जानकारी दिइएको छैन । दुर्घटनाग्रस्त क्षेत्रलाई घेराबन्दी गरेर उद्धारकार्य सुरु गरिएको छ ।








प्रतिक्रिया