
काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५३ अंकले बढेर २६७७.३० विन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन सोमबार नेप्से ५.२१ अंकले घटेको थियो भने आइतबार ८.५७ अंकले घटेको थियो ।
गत साताको बिहीबार भने नेप्से १९.०४ अंकले बढेर २६८८ विन्दुमा कायम भएको थियो । त्यसअघि गत साताको बुधबार नेप्से ७.९४ अंकले घटेको थियो भने मंगलबार ४९.०९ अंक र सोमबार १९.३० अंकले बढेको थियो ।
आज नेप्सेमा कुल ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार भने नेप्सेमा कुल ७ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ ।
आज कर्पोरेट विकास बैंक, ओम मेगाश्री, ग्रिन डेभलपमेन्ट, भुगोल इनर्जी र पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।










प्रतिक्रिया