आज शनि जयन्ती: कुन राशिलाई कस्तो ?

203
Shares

वट सावित्री व्रत हिन्दू धर्ममा स्त्रीहरूद्वारा मनाइने एक पवित्र व्रत हो। जसको मूल उद्देश्य आफ्ना पतिको दीर्घायु, उत्तम स्वास्थ्य र सुखी वैवाहिक जीवनको कामना गर्नु हो। यो व्रत विशेषगरी विवाहित महिलाहरूले ज्येष्ठ महिनाको कृष्ण औंसीका दिन वट (बर) वृक्षमुनि बसेर श्रद्धापूर्वक पालन गर्छन्।

यस व्रतको मुख्य पात्र सावित्री एक वीर, बुद्धिमान र पतिव्रता नारी थिइन्। उनले आफ्नो मृत पति सत्यवानको प्राण यमराजबाट तपस्याका बलले फिर्ता ल्याएर पतिव्रताको अनुपम उदाहरण प्रस्तुत गरिन्। सावित्रीको दृढ निष्ठा, तप, वाणी र धैर्यका कारण मृत्युका देवता यमराज समेत हार मान्न बाध्य भए।

वट वृक्ष भगवान ब्रह्मा, विष्णु र शिवको प्रतीक मानिन्छ। यस वृक्षमुनि व्रत बसेर पूजा गर्दा धर्म, अर्थ, काम र मोक्ष चारै पुरुषार्थ प्राप्त हुने विश्वास गरिन्छ।

यस व्रतले
– पतिको दीर्घायु सुनिश्चित गर्छ
– वैवाहिक जीवनमा प्रेम, विश्वास र समर्पण बढाउँछ
– संकट र दुःख–कष्टबाट बचाउँछ
– सावित्रीको जस्तै धैर्य, साहस र सत्कर्मको मार्गमा लाग्न प्रेरणा दिन्छ।

शनि जयन्ती

शनि जयन्ती हिन्दू धर्ममा शनिदेवको जन्मोत्सवको रूपमा मनाइन्छ। ज्येष्ठ कृष्ण औंसीका दिन शनिदेवको अवतरण भएको विश्वास गरिन्छ, र यस दिनलाई शनि अमावस्या पनि भनिन्छ। शनिदेवलाई कर्म, न्याय र दण्डका देवता मानिन्छ। उहाँ सूर्यदेवका पुत्र तथा छायाका गर्भबाट उत्पन्न हुनु भएको हो।

शनि जयन्तीको धार्मिक महत्त्व
– शनिदेव न्यायप्रिय र कर्मको फल दिने देवता हुनुहुन्छ।
– मानिसले गरेको सत्कर्म वा दुष्कर्म अनुसार शुभ वा अशुभ फल दिने शक्तिशाली ग्रहका रूपमा पूजिन्छ।
– शनि दोष, साढेसाती, ढैय्या, र कुन्डलीमा रहेको अशुभ शनि प्रभाव शान्त पार्न आजको दिन विशेष पूजा गरिन्छ।
– शनिदेवको आराधनाले मानिसको जीवनमा आउने बाधा, कष्ट, रोग, ऋण र शत्रु बाधा घट्ने विश्वास गरिन्छ।

यस दिन गरिने कार्यहरू
– शनिदेवको मूर्ति वा पिपलको रुखमुनि तेल, कालो तिल, नीलो फूल, नीलो वस्त्र चढाउने
– शनि स्तोत्र, शनि चालिसा, र श्री हनुमान चालीसा पाठ गर्ने
– कालो वस्त्र धारण गर्ने, असहायलाई दान दिने
– खासगरी कालो चना, कालो तिल, तेल, फलाम आदिको दान गर्नु शुभ मानिन्छ

विशेष मन्त्र
“ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः” यो मन्त्र जपले शनिदेवको कृपा प्राप्त हुन्छ।

निष्कर्ष
शनि जयन्ती कर्मको सम्मान गर्ने, अनुशासन पालन गर्ने, र जीवनमा धैर्यपूर्वक सजग भएर अघि बढ्न प्रेरणा दिने पवित्र दिन हो। शनिदेवको पूजा गर्दा जीवनमा सच्चाइ, इमानदारी र कर्तव्य निष्ठाको मार्गमा टेकेर सफलता प्राप्त हुने विश्वास गरिन्छ।

आज मिति वि‍.सं. २०८२ साल जेठ १२ गते, सोमबार। अङ्ग्रेजी मिति सन् २०२५ मे २६ तारिख। शक संवत् १९४७। नेपाल संवत् ११४५ बछलागा। संवत्सर सिद्धार्थी। सूर्य उत्तरायण। ऋतु ग्रीष्म। ज्येष्ठ कृष्णपक्षको चतुर्दशी तिथि दिउँसो ११:२२ बजेपछि औंसी लाग्नेछ। भरणी नक्षत्र बिहान ०७:४४ बजेपछि कृत्तिका। योग शोभन बिहान ०६:४० बजेपछि अतिगण्ड। त्यसपछि राति ०३:३९ बजे सुकर्मा। करण शकुनि बिहान ११:२२ बजेपछि चतुष्पद र त्यसपछि राति २२:०९ बजे नाग रहनेछ। चन्द्रमा मेष राशिमा रहेका छन्। आनन्दादि योग चर छ। आजको दिनमान १३ घण्टा ३९ मिनेटको रहेको छ। सूर्योदय बिहान ५:१२ बजे र सूर्यास्त साँझ ६:५१ बजे हुनेछ। आज विशेष दिनको रूपमा दर्शश्राद्ध, निशि बार्ने औंसी, र वट सावित्री व्रत परेको छ। साथै आज शनि जयन्ती पनि परेको छ।

मेष
सेयर बजार, फलफूल व्यापार वा कृषि उपकरणमा लगानी लाभदायक हुनेछ। विलासी वस्तु, सुनचाँदी वा सौन्दर्य सामग्रीमा लगानी नगर्नुहोस्। रक्तचाप, टाउको दुख्ने वा आँखा सम्बन्धी समस्या हुनसक्छ। देवता हनुमान मन्त्र: ॐ हं हनुमते नमः शुभ र अशुभ दिशा दक्षिण र उत्तर शुभ र अशुभ रङ्ग रातो र निलो शुभ र अशुभ अङ्क ९ र ४।

वृष
पसल व्यवसाय, स्टेसनरी, इलेक्ट्रोनिक्स वा सवारीसाधनमा लगानी फाइदाजनक हुनेछ। कानुनी, पर्यटन वा आयात–निर्यात क्षेत्रमा लगानी नगर्नुहोस्। घाँटी वा पेटसम्बन्धी समस्या हुनसक्छ। देवतास् लक्ष्मी माता। मन्त्रस् ॐ श्रीं महालक्ष्म्यै नमः शुभ र अशुभ दिशा पश्चिम र पूर्व शुभ र अशुभ रङ्ग गुलाबी र कालो शुभ र अशुभ अङ्क ६ र ८।

मिथुन
सूचना प्रविधि, शिक्षण, पत्रकारिता वा पुस्तक प्रकाशनमा लगानी गर्नु लाभदायक हुनेछ। शेयर बजार, जुवा वा क्रिप्टो शैलीको लगानीबाट बच्नुस्। हात, नाक वा न्युरोलोजिकल समस्याले सताउन सक्छ। देवतास् नारद मन्त्र ॐ नारदाय नमः। शुभ र अशुभ दिशा उत्तर–पश्चिम र दक्षिण शुभ र अशुभ रङ्ग पहेंलो र हरियो शुभ र अशुभ अङ्क ५ र ७।

कर्कट
घरजग्गा, रेस्टुरेन्ट, होटल वा आन्तरिक सजावटमा लगानी गर्नु शुभ हुनेछ। बिमा, सहकारी वा लामो अवधिको ऋण लिने निर्णय नगर्नुहोस्। छाती वा पेटसम्बन्धी समस्या देखिन सक्छ। देवतास् भगवान शिव मन्त्र ॐ नमः शिवाय। शुभ र अशुभ दिशा उत्तर र दक्षिण शुभ र अशुभ रङ्ग सेतो र रातो शुभ र अशुभ अङ्क २ र ९।

सिंह
राजनीति, प्रशासन, स्टक मार्केट वा सुरक्षा सेवा क्षेत्रमा लगानी गर्नु लाभदायक हुनेछ। अत्यधिक दान, ऋण वा क्रेडिट कारोबार नगर्नुहोस्। मुटु वा रक्तचापसम्बन्धी समस्या देखिन सक्छ। देवता सूर्य मन्त्र ॐ घृणिः सूर्याय नमः। शुभ र अशुभ दिशा पूर्व र पश्चिम शुभ र अशुभ रङ्ग सुनौलो र खैरो शुभ र अशुभ अङ्क १ र ८।

कन्या
शिक्षा, लेखन, अनुसन्धान वा स्वास्थ्य सेवामा लगानी गर्नु लाभदायक हुनेछ। मनोरञ्जन, फेसन वा भाग्यमा आधारित लगानीबाट बच्नुस्। पाचन प्रणाली कमजोर हुनसक्छ। देवीस् सरस्वती मन्त्र ॐ ऐं ह्रीं सरस्वत्यै नमः। शुभ र अशुभ दिशा दक्षिण–पूर्व र उत्तर–पश्चिम शुभ र अशुभ रङ्ग हरियो र निलो शुभ र अशुभ अङ्क ५ र ६।

तुला
कला, फेशन, डिजाइन, संगीत वा कानूनी सेवामा लगानी गर्नु लाभदायक हुनेछ। सहकारी वा ट्राभल इभेन्ट म्यानेजमेन्टमा लगानी नगर्नुहोस्। छाला वा मांशपेशीसम्बन्धी समस्या हुनसक्छ। देवता लक्ष्मी माता मन्त्र ॐ श्रीं महालक्ष्म्यै नमः। शुभ र अशुभ दिशा पश्चिम र उत्तर शुभ र अशुभ रङ्ग गुलाबी र कालो शुभ र अशुभ अङ्क ६ र ३।

वृश्चिक
सुरक्षा, अनुसन्धान, गहना वा गोप्य योजना सम्बन्धी क्षेत्रमा लगानी गर्नु लाभदायक हुनेछ। खुला व्यापार वा भिडमा आधारित लगानी नगर्नुहोस्। मूत्र, प्रजनन वा मानसिक समस्या हुनसक्छ। देवता काल भैरव मन्त्र ॐ कालभैरवाय नमः। शुभ र अशुभ दिशा दक्षिण र उत्तर–पूर्व शुभ र अशुभ रङ्ग रातो र सेतो शुभ र अशुभ अङ्क ९ र २।

धनु
धार्मिक, शिक्षा, अध्यात्म वा विदेशसँग सम्बन्धित क्षेत्रमा लगानी गर्नु लाभदायक हुनेछ। व्यापारिक मोह वा अत्यधिक साझेदारीबाट बच्नुस्। घुँडा वा नसासम्बन्धी समस्या हुनसक्छ। देवतास् विष्णु मन्त्र ॐ नमो भगवते वासुदेवाय शुभ र अशुभ दिशा पूर्व र दक्षिण–पश्चिम शुभ र अशुभ रङ्ग पहेंलो र निलो शुभ र अशुभ अङ्क ३ र ५।

मकर
निर्माण, इन्जिनियरिङ, खनिज वा सिभिल सेवामा लगानी गर्नु लाभदायक हुनेछ। विलासी वस्तु वा सजावटमा लगानी नगर्नुहोस्। हड्डी, घाँटी वा जोर्नीको समस्या हुनसक्छ। देवता शनिदेव मन्त्र ॐ शं शनैश्चराय नमः शुभ र अशुभ दिशा दक्षिण र उत्तर शुभ र अशुभ रङ्ग निलो र रातो शुभ र अशुभ अङ्क ८ र १।

कुम्भ
इनोभेसन, विज्ञान, सफ्टवेयर वा अनलाइन सेवामा लगानी गर्नु लाभदायक हुनेछ। परम्परागत कृषि वा दस्तावेज आधारित व्यापार नगर्नुहोस्। नशा वा छालासम्बन्धी समस्या हुनसक्छ। देवता गणेश मन्त्र ॐ गं गणपतये नमः। शुभ र अशुभ दिशा पश्चिम र दक्षिण–पूर्व शुभ र अशुभ रङ्ग बैजनी र खैरो शुभ र अशुभ अङ्क ४ र ७।

मीन
संगीत, चित्रकला, जलस्रोत वा आध्यात्ममा लगानी गर्नु लाभदायक हुनेछ। लक्ष्यबिहीन योजना वा साझेदारी कार्य नगर्नुहोस्। खुट्टा वा मानसिक तनाव देखिन सक्छ। देवतास् नारायण, मन्त्रस् ॐ नमो नारायणाय शुभरअशुभ दिशास् उत्तर–पूर्व र पश्चिम शुभ र अशुभ रङ्ग नीलो र हरियो शुभ र अशुभ अङ्क ७ र ६।

जीवनमा सुख-समृद्धि बढिरहोस्, मन शान्त रहोस र तपाईंका सबै कार्यहरू मंगलमय बनुन। पुनः भेट हुनेछ भोलिको राशिफलमा, तबसम्म स्वास्थ, सुरक्षित र शुभ रहनुहोस्। क्लिकमाण्डु डट कम हेर्दै गर्नुहोला लाइक कमेट सस्क्राइव गर्नुहोला तपाईं हरुको सुझाव र प्रतिक्रियाले। हामिलाइ अगाडि बढ्न मद्धत गर्नेछ। शुभदिन, नमस्कार ।