नवनियुक्त गभर्नर पौडेलको सपथ आज


काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले आज पद तथा गोपनीयताको सपथ लिँदैछन् ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्बाट नियुक्त गभर्नरले प्रधानन्यायाधीशबाट सपथ लिने संवैधानिक व्यवस्थाअनुसार पौडेलले सपथ लिन लागेका हुन् ।

सपथपछि डा पौडेलले आजै गभर्नरको जिम्मेवारी सम्हाल्ने छन् ।