१६ घण्टापछि बिपी राजमार्ग दुईतर्फै खुल्यो

98
Shares

काभ्रे । बिपी राजमार्गको माप्तीस्थित रोशी खोलामा आएको बाढीले सोमबार भत्काएको अस्थायी डाइभर्सन मर्मत गरिएपछि राजमार्ग पुनः सञ्चालनमा आएको छ।

सोमबार राति आएको बाढीका कारण अवरुद्ध राजमार्ग १६ घन्टापछि सञ्चालनमा आएको हो । काभ्रे प्रहरीका अनुसार हिजो राति ८ बजेर ५० मिनेटपछि अवरुद्ध भएको राजमार्ग आज दिउँसो १ बजेपछि दुईतर्फी सञ्चालनमा आएको हो ।

रोशी गाउँपालिका–१२ स्थित मंगलटारतर्फको सडक खण्डमा बाढीले थप क्षति पुर्‍याएको थियो। मंगलबार बिहानैदेखि स्थानीय र प्रहरी टोलीको सहकार्यमा सडक सञ्चालनमा ल्याइएको हो।

गत वर्ष असोजमा आएको बाढीले राजमार्ग बगाएपछि सो क्षेत्रमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो। सोमबारको बाढीपछि अलपत्र परेका १७ यात्रुको प्रहरीले उद्धार गरेको छ।