टियू क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने सरकारको घोषणा

315
Shares

काठमाडौं । सरकारले त्रिभूवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्ने घोषणा गरेको छ ।

सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
सरकारले रङ्गशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानूनी व्यवस्था मिलाइने जनाएको छ। खेलकुदलाई निजी क्षेत्रका संस्थागत, सामाजिक र उत्तरदायित्वसँग जोडिनेछ ।

अन्तर्राष्ट्रिय पदकप्राप्त खेलाडी र उनीहरुका सन्ततिहरुलाई अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था मिलाइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।