
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै छ ।
न्यायाधीश हरिप्रसाद फुयालको इजलासको दोस्रो नम्बरमा लामिछानेको निवेदन परेको छ ।
आइतबार रविपत्नी निकिता पौडेल रिट लिएर सर्वोच्च पुगेकी थिइन् ।
निवेदनमा लामिछानेले प्रचलित कानुन तथा नेपालको संविधान विपरीत आफूलाई थुनामा राखिएको उल्लेख गरेका छन् । संविधानले गैरकानुनी थुनाविरुद्ध बन्दी प्रत्यक्षीकरणमार्फत राहत खोज्ने अधिकार सुनिश्चित गरेको छ।
यसअघि पनि लामिछानेले उच्च अदालतको थुनासम्बन्धी आदेश गैरकानुनी भएको दाबी गर्दै अर्को निवेदन सर्वोच्चमा दर्ता गरेका थिए । सो निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन पेस गर्न आदेश दिएको छ ।








प्रतिक्रिया