तीनकुने घटना प्रकरण : कोटेश्वरबाट ‘सन्तोष राजावादी’ पक्राउ


काठमाडौं । तीनकुनेमा पूर्वराजाको पक्षमा भएको प्रदर्शनमा सहभागी थप एक जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सन्तोष राजावादी भनेर चिनिने ३४ वर्षीय सन्तोषकुमार सिलवाल रहेका छन्। उनलाई कोटेश्वरबाट पक्राउ गरिएको हो।

राजसंस्था पुनस्स्थापनाका लागि भन्दै नवराज सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन समितिले चैत १५ गते आयोजना गरेको प्रदर्शनका क्रममा एक पत्रकारसहित दुई जना मारिएका थिए भने करोडौँको धनमाल लुटपाट, तोडफोड र आगजनी गरिएको थियो।

यसै क्रममा प्रहरीले उक्त घटनामा संलग्नलाई पक्राउ गर्ने क्रम जारी राखेको छ।