५ भेरियन्टमा रोयल इन्फिल्ड क्लासिक ३५० सार्वजनिक, कति पर्छ मूल्य ?

1.4k
Shares

काठमाडौं । रोयल इनफिल्डले क्लासिक ३५० मोडल नेपालमा सार्वजनिक गरेको छ। पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधारसहित इनफिल्डले क्लासिक ३५० सार्वजनिक गरेको हो ।

यसको सुरुवाती भेरियन्टको मूल्य ५ लाख ५५ हजार तोकिएको छ । सुरुवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एबीएससहित प्रिमियम एलईडी हेडल्याम्प एलईडी पाइलटल्याम्प पनि उपलब्ध गराउनेछ । यस्तै त्यसमा टाइप सी यूएसबी चार्जर हुनेछ भने गियर सूचक जनाउने गियर इन्डिकेटर पनि हुनेछ । अबदेखि नेपालमा क्लासिक सबै भेरियन्टमा एबीएस उपलब्ध हुनेछ ।

न्यू क्लासिक ३५० सातवटा आकर्षक रङमा उपलब्ध हुनेछ । पाँच भेरियन्टमा बाइकहरु हेरिटेज, हेरिटेज प्रिमियम, सिग्नल्स, क्लासिक डार्क उपलब्ध हुनेछन् । प्रत्येक भेरियन्टमा आधुनिक इन्जिनियरिङसँगै आकर्षक डिजाइन रहेका छन् ।

क्लासिक ३५० सार्वजनिक गर्दै कम्पनीका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियाले भनेका छन्, ‘नेपाली बजार हाम्रा लागि सँधै विशेष रहँदै आएको छ । सिकेडी सञ्चालनको दुई वर्षमा नै बजारबाट रोयल इनफिल्ड मोटरसाइकलप्रति ग्राहकहरूले देखाएको मायाबाट हामी निकै हर्षित र कृतज्ञ छौं । ग्राहकहरूसँग प्रगाढ सम्बन्ध र माया गास्न पाउँदा हामी निकै गौरवान्वित छौँ ।’

रोयल इनफिल्डको विगतदेखि मोटरसाइक्लिङको स्वर्णयुगसम्म आइपुग्दा क्लासिक केवल मोटरसाइकल मात्रै रहेन । यो एउटा सांस्कृक्तिक प्रतिक पनि बनेको छ । क्लासिङ ३५० ले इनफिल्ड स्वरूपको ऐतिहासिकता र आधुनिकतालाई कलात्मक र रचनात्मक रूपमा जोडेको छ । यस मोडलले रोयल इनफिल्डको आधिकारिक डिनएको प्रतिनिधित्व गरेको छ। यो मोडलले रोयल इनफिल्डको अन्य सिरिजका लागि आधार तयार गर्नुका साथै शिल्प, क्षमता र गौरवशाली विरामतलाई कायमै राख्न पनि प्रेरित गरेको छ।

हेरिटिज सिरिजः हेरिटिज सिरिज मद्रास रेड र जोदपुर ब्लूमा उपलब्ध छ । यो डिजाइन रोयल इन्फिल्डको सांस्कृतिक स्वरूपबाटट प्रेरित छ । मेटालिक फ्लेक फिनिस र गोल्डेन पिनस्ट्रिपिङ्ले यसलाई भिन्टेज स्वरुप प्रदान गरेको छ ।

हेरिटेज प्रिमियमः यो भेरियन्ट मेडालियन ब्रान्जमा उपलब्ध छ । यसले क्लासिकको वास्तविक स्वरूपलाई थप समृद्ध बनाएको छ ।

सिग्नल सिरिजः कमाण्डो स्यान्डमा रहेको सिग्नल सिरिजले रोयल इन्फिल्डको सशस्त्र बलसँगको ऐतिहासित सम्बन्धको सम्मान गर्छ ।

डार्क सिरिजः खैरो र कालो मिश्रित रङमा तामाको हल्का लेपनले यसलाई थप आकर्षक बनाएको छ ।

क्लासिक क्रोमः निख्खर हरियो स्वरूपमा उपलब्ध यस मोडलले भिन्टेज शैली र प्रिमियम स्वरूपको प्रतिनिधित्व गर्दछ ।

रोयल इनफिल्डका थप प्रिमियम मोडलमा वियर ६५०, क्लासिक ६५०, गुरिल्ला ४५० मोडर्न रोडस्टर, हन्टर ३५०, मेटीवर ३५०, सुपर मेटोर ६५०, इन्टरसेप्टर ६५०, कन्टिनेन्टल ६५० ट्वीन्स छन् । यस्तै, सटगन ६५०, द न्यु हिमालयन एडभेन्चर टुअर ४५०, स्क्राम ४४० एडीभी क्रसणभर, आइकोनिक बुलेट ३५०, क्लासिक ३५०, गोअन क्लासिक ३५० छन् ।

कम्पनीले हालसालै विद्युतीय सवारी ब्रान्ड फ्लाइङ फ्ली पनि ल्याएको छ । व्यवसायिक राइडर तथा मोटरसाइकलमा रुची राख्ने समुदायमाझ रोयल इनफिल्ड आफ्नो ऐतिहासिक र कलात्मक विरासत जोगाउँदै नविन प्रविधिमा आधारित उत्पादन ल्याउन सदैव तत्पर छ । इनफिल्डमै हजारौं राइडहरूले उच्च हिमाली भेगदेखि गोवासम्को यात्रा हालसालै पार समेत गरेका थिए ।