
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीको नेतृत्व जिम्मेवारीबाट राजीनामा दिएकी छन् । प्रतिनिधिसभा सांसदसमेत रहेकी श्रेष्ठले कार्यवाहक सभापति डिपी अर्याल समक्ष राजीनामा प्रस्ताव गरेकी हुन् ।
श्रेष्ठले आफू अब संसदीय भूमिकामै केन्द्रित रहने जनाउँदै सहमहामन्त्री पदबाट राजीनामा दिएकी हुन् । उनको राजीनामा बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा औपचारिक रूपमा पेस गर्ने तयारी गरिएको स्रोतको भनाइ छ ।
उनले पार्टीको जिम्मेवारीभन्दा अहिले आफ्नो आवश्यकता विधायकी भूमिकामा रहेको उतको तर्क छ । सदनमा रास्वपाको भूमिका अपेक्षाकृत सक्रिय नदेखिएकाले आफू संसदीय भूमिकामा बढी लाग्न चाहेको उनले राजीनामा उल्लेख गरेकी छन् ।
उनी २०८० मंसिरमा जलेश्वरमा सम्पन्न बैठकमार्फत श्रेष्ठ सहमहामन्त्री नियुक्त भएकी थिइन् ।
श्रेष्ठले एक व्यक्ति एक पदलाई कार्यान्वयनमा लैजानु पर्ने उल्लेख गरेकी छन् ।








प्रतिक्रिया