
धनकुटा । धनकुटामा मात्र बसोबास गर्ने सिमान्तकृत आठपहरिया समुदायको बिसु अर्थात बैशाखे चाड सुरु भएको छ । बिसु चाड किरात आठपहरिया समुदायको वर्षकै ठूलो चाड पर्व हो ।
परिवार र समुदायमा सुखशान्ती, समृद्धि र मेलमिलापको कामना गर्दै आठपहरियाहरुले आठ दिनसम्म यो चाड मनाउँने गर्छन् । बिसु चाडको पहिलो दिन उनीहरु भूमिपूजा गर्छन् ।
दोस्रो दिन देवस्थलमा लिपपोत र सरसफाइ गरी तेस्रो दिन मार्गाथानमा कुखुरा र सुागुरको वली दिने चलन छ । यस्तै चौथो दिन राागा र सुागुरको भेजो लगाउाछन् । भेजो लगाएको राँगा र सुागुरको मासु चढाएर पााचौं दिनमा पितृपूजा गर्छन् ।
पितृपूजाको भोलीपल्ट अर्थात छौंटौं दिनमा वल्लोपल्लो गाउाका बुढापाका र यूवायूवती भेलाभएर संयूक्त रुपमा वनभोज आयोजना गरि रमाइलो गर्ने चलन रहेको आठपहरिया अगुवा अष्टबहादुर आठपहरियाले बताए ।
सातौंदिनमा ताराआप्मा अर्थात धनुषबाणले तारोहान्ने प्रतिष्पर्धा हुन्छ, आठौं दिनमा उनीहरु वर्षदिन भरी अन्नपात र बालीनाली राम्रो होस भनि मार्गाथानमा आएर बिदाइ पूजा गर्छन् ।
यो अबधिमा देश-विदेश र टाढिएका आठपहरियाहरु जन्मथलो पर्कने परम्परा छ । आठपहरियाहरुले बैशाख पछि भदौ र मंसिरे पूणिर्मा धुमधामका साथ मनाउाछन् । धनकुटामा मात्रै बसोबास रहेका सिमान्तकृत आठपहरियाको जनसंख्या देशभरी करिब १० हजार छ ।








प्रतिक्रिया