
काठमाडौं । सरकारले साना सिंचाइ कार्यक्रमका लागि स्वीट्जरल्याण्ड सरकारबाट थप १८ लाख ८० हजार स्वीश फ्राङ्क अनुदान प्राप्त गर्ने निर्णय गरेको छ।
सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका २० वटा निर्णय सार्वजनिक गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीशुब्बा गुरुङले बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत आयोडिनयुक्त नून (बिक्री तथा वितरण) ऐन, २०५५’ आगामी साउन १ गतेदेखि नेपालभर लागू गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने लगायतका २० निर्णयबारे जानकारी दिए ।
सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०८१ को पहिलो संशोधन स्वीकृत गर्ने निर्णय गरिएको छ।
हवाई सेवा व्यवस्थापन नियमावली २०८१ पनि स्वीकृत गरिएको मन्त्री गुरुङले जानकारी दिए।








प्रतिक्रिया