
काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बैंकिङ प्रणालीको अधिक तरलताको लाभ उठाउँदै उच्च प्रतिफल दिने आयोजना तोकी पूर्वाधार बण्ड जारी गरेर लगानी गर्न सुझाव दिएको छ ।
पूर्वअर्थसचिव रामेश्वर खनाल अध्यक्ष रहेको उक्त आयोगले शुक्रबार अर्थमन्त्री विष्णु पौडेललाई प्रतिवेदन बुझाएको हो ।
‘बैंकिङ प्रणालीका प्रशस्त तरलता रहेको र निजी क्षेत्रले कर्जा माग नबढाइ रहेको अवस्थामा सरकारले उच्च प्रतिफल दिने आयोजना तोकी पूर्वाधार वण्ड जारी गरेर लगानी गर्नुपपर्छ,’ आयोगको प्रतिवेदनको सुझावमा भनिएको छ ।
उच्चस्तरीय आयोगले अधिक तरलताको लाभ उठाउँदै नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजनाको लागि ऊर्जा बण्ड जारी गरेर लगानी गर्न समेत सुझाव दिएको हो । प्राधिकरणले लगानी बढाउनको लागि प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्न खोजेको प्राधिकरणलाई आयोगले उर्जा बण्डको विकल्प देखाएको छ ।








प्रतिक्रिया