
काठमाडौं । तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई प्रहरीले काठमाडौं ल्याएको छ ।
झापाको भद्रपुर विमानस्थलबाट बुद्ध एयरको विमानमा प्रसाईंलाई केहीबेर अघि काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीको गाडीमा निकालिएको थियो । उनलाई आजै अदालत पेस गर्ने प्रहरी तयारी छ ।
प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता गर्ने तयारी प्रहरीले अघि बढाएको छ ।
तीनकुने प्रदर्शनका क्रममा प्रसाईंले आफैंले चलाएको गाडीबाट प्रहरीमाथि बलपूर्वक गुडाउँदै अघि बढेका थिए । भिडियो फुजेटहरुमा सुरक्षाकर्मीमाथि अश्लील बोल्दै किच्ने गरि अघि बढेका थिए । प्रहरीको ज्यानै जाने गरि उनले हर्कत गरेको भन्दै पीडित प्रहरीले नै औपचारिक जाहेरी दिने तयारी गरेका छन् ।
प्रसाईंलाई शुक्रबार अदालतमा पेश गर्दै म्याद थप गर्ने प्रक्रिया थालिएको छ । त्यसका लागि आवश्यक कागजात प्रहरीले तयार पारिरहेको छ।








प्रतिक्रिया