पियोर इनर्जीको आईपीओ निष्कासन

175
Shares

काठमाडौं । पियोर इनर्जी कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ११ करोड ९५ लाख २० हजार रुपैयाँको ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गरेको छ ।

आईपीओमा वैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा आवेदन नपरेको खण्डमा वैशाख ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिने छ । आईपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

Skip This