बिहीबार: कुन् राशिलाई केमा लगानी गर्दा राम्रो ?

168
Shares

आज मिति: विक्रम संवत् २०८१ चैत २८ गते, बिहीबार। अङ्ग्रेजी क्यालेन्डर अनुसार सन् २०२५ अप्रिल १० तारिख। शक संवत् १९४७, नेपाल संवत् ११४५ चौलाथ्व। संवत्सर सिद्धार्थी, सूर्य उत्तरायण, ऋतु वसन्त। चैत्र शुक्लपक्ष त्रयोदशी राति १:२७ बजेसम्म, त्यसपछि चतुर्दशी लाग्नेछ।
नक्षत्र: पूर्वफाल्गुनी दिउँसो १:२४ बजेसम्म, त्यसपछि उत्तरफाल्गुनी। योग: वृद्धि बेलुका ७:५३ बजेसम्म, त्यसपछि ध्रुव। करण: कौलव दिउँसो १२:४९ बजेसम्म, त्यसपछि तैतिल राति ३:०२ बजेसम्म, त्यसपछि गर। चन्द्रमा सिंह राशिमा रहेका छन्। चन्द्र आनन्दादि योग: आज गद रहेको छ। आज सूर्योदय बिहान ५:४७ मा हुनेछ, भने सूर्यास्त साँझ ६:२५ मा हुनेछ। दिनमान: १२ घण्टा ३८ मिनेट।

मेष

तपाईँलाई आज लगानीका लागि शिक्षा, गाडी खरिद, सुनचाँदी, र धार्मिक कार्य लाभदायक देखिन्छ भने ऋण कारोबार, ठूला साझेदारी उधोग, घर-जग्गा, ढुङ्गा, माटो जस्ता क्षेत्रमा लगानी गर्दा सचेत हुनुपर्ने देखिन्छ। सेयर बजारमा बैंकिङ र ऊर्जा क्षेत्र सुधारोन्मुख देखिए पनि दूरसञ्चार क्षेत्र अस्थिर रहन सक्छ। स्वास्थ्यमा पेटसम्बन्धी समस्या देखिनसक्छ। खानपानमा ध्यान दिनुहोस्। गुरु बृहस्पतिको आराधना लाभदायक हुनेछ, “ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः” मन्त्र जप गर्दा शुभ फल प्राप्त हुनेछ। पूर्व दिशा शुभ रहनेछ। पश्चिम दिशामा सतर्क रहनुहोस्। पहेँलो रङ लाभदायक देखिन्छ भने कालो टाढा राख्नुहोस्। शुभ अंक ५, अशुभ अंक ८ रहनेछ। गुरुजनको आशीर्वाद लिनुहोस्।

बृष

लगानीका लागि जग्गा, कृषि, र सुनचाँदी लाभदायक देखिन्छ भने ऋण कारोबार, सट्टाबाजी र विलासी सामानमा खर्च गर्दा हानि हुनसक्छ। सेयर बजारमा बैंकिङ र निर्माण क्षेत्र राम्रो देखिए पनि सूचना प्रविधि क्षेत्रमा उतारचढाव रहन सक्छ। पारिवारिक खर्चमा वृद्धिको संकेत छ, बचतको योजना बनाएर चल्नुपर्छ। स्वास्थ्यमा घुँडा वा जोर्नीको समस्या देखिनसक्छ। खानपानमा सन्तुलन राख्नुहोस्। गुरु बृहस्पतिको कृपा प्राप्त गर्न “ॐ बृं बृहस्पतये नमः” मन्त्र जप्नु लाभदायक हुनेछ। उत्तर दिशा शुभ रहनेछ, दक्षिण दिशामा सतर्क रहनुहोस्। हरियो रङ लाभदायक, नीलो रङबाट टाढा रहनुस । शुभ अंक ६, अशुभ अंक ९ रहनेछ। आज धैर्य राख्नुहोस्, सफलता तपाईंको हुनेछ।

मिथुन

आज लगानीका लागि शिक्षा, पर्यटन, सञ्चार, र पुस्तक व्यवसाय लाभदायक देखिन्छ भने अदालतसम्बन्धी काम र अनावश्यक विलासितामा खर्च गर्दा नोक्सान हुनसक्छ। सेयर बजारमा सूचना प्रविधि र ऊर्जा क्षेत्रमा सुधार आउने देखिन्छ, तर बैंकिङ क्षेत्रमा उतारचढाव रहनसक्छ। डलरको भाउमा हल्का गिरावट आउनसक्छ। सुनचाँदीको मूल्य सामान्य रहनसक्छ। घरायसी खर्च सामान्य भए पनि अनावश्यक यात्रामा धन खर्च हुने सम्भावना छ। बजेटअनुसार चल्नु राम्रो हुनेछ। स्वास्थ्यमा नसासम्बन्धी समस्या देखिनसक्छ। पर्याप्त आराम लिनुहोस्। गुरु बृहस्पतिको कृपा प्राप्त गर्न “ॐ गुं गुरवे नमः” मन्त्र जप्नु शुभ हुनेछ। पश्चिम दिशा लाभदायक, उत्तर दिशामा सतर्कता अपनाउनुहोस्। पहेँलो रङ शुभ, रातो रङ टाढा राख्नुहोस्। शुभ अंक ७, अशुभ अंक २ रहनेछ। बुध्दि र विवेकको सही ठाउँमा प्रयोग गर्न सके सफलता मिल्नेछ।

कर्कट

लगानीका लागि घरजग्गा, कृषि, दूध तथा दुग्धजन्य पदार्थ, र परिवारसम्बन्धी व्यवसाय लाभदायक देखिन्छ भने ठूला व्यापारिक साझेदारी, ऋण कारोबार, र विलासितामा खर्च गर्दा हानि हुनसक्छ। सेयर बजारमा बैंकिङ र खाद्य उद्योग क्षेत्र राम्रो देखिए पनि निर्माण क्षेत्र र रियलस्टेटमा उतारचढाव रहनसक्छ। पारिवारिक खर्च बढ्नसक्छ, तर योजनाबद्ध बचत गर्दा आर्थिक सन्तुलन रहन्छ। स्वास्थ्यमा पेट वा छालासम्बन्धी समस्या देखिनसक्छ। भगवान शिवको आराधना गर्नु शुभ हुनेछ। “ॐ नमः शिवाय” मन्त्र जप गर्दा मानसिक शान्ति मिल्नेछ। उत्तर दिशा शुभ रहनेछ, पश्चिम दिशामा सतर्क रहनुहोस्। सेतो रङ शुभ, कालो टाढा राख्नुहोस्। शुभ अंक दुई, अशुभ अंक सात रहनेछ। आज धैर्य राख्नुहोस्, शुभ फल प्राप्त हुनेछ।

सिंह

आज लगानीका लागि शिक्षा, सरकारी काम, सवारीसाधन , सुनचाँदी, र रियल स्टेट लाभदायक देखिन्छ भने ऋण कारोबार, सट्टाबाजी, र विलासितामा खर्च गर्दा नोक्सान हुनसक्छ। सेयर बजारमा ऊर्जा र औद्योगिक क्षेत्र सुधारोन्मुख देखिए पनि बैंकिङ क्षेत्रमा उतारचढाव रहनसक्छ। पारिवारिक खर्च सामान्य भए पनि घरायसी आवश्यकतामा केही बढ्नसक्छ। बचतलाई प्राथमिकता दिनुहोस्। स्वास्थ्यमा रक्तचापसम्बन्धी समस्या देखिनसक्छ। तनाव कम गर्ने प्रयास गर्नुहोस्। भगवान विष्णुको आराधना गर्नु शुभ हुनेछ। “ॐ विष्णवे नमः” मन्त्र जप गर्दा मन शान्त रहनेछ। पूर्व दिशा शुभ, दक्षिण दिशामा सतर्कता अपनाउनुहोस्। सुन्तला रङ लाभदायक, हरियो टाढा राख्नुहोस्। शुभ अंक १, अशुभ अंक ९ रहनेछ। आत्मविश्वासका साथ अघि बढ्नुहोस्, सफलता पाइनेछ।

कन्या

आज लगानीका लागि स्वास्थ्य, लेखन, पुस्तक प्रकाशन, औषधि र शिक्षा क्षेत्र लाभदायक देखिन्छ भने ठूला साझेदारी, विलासिता, र अनावश्यक यात्रामा खर्च गर्दा हानि हुनसक्छ। सेयर बजारमा औषधि र सूचना प्रविधि क्षेत्र राम्रो देखिए पनि निर्माण क्षेत्रमा उतारचढाव रहनसक्छ। पारिवारिक खर्च बढ्नसक्छ। विशेष गरी स्वास्थ्यमा पेट वा स्नायु सम्बन्धी समस्या देखिनसक्छ। ध्यान पुर्‍याउनुहोस्। माता दुर्गाको आराधना गर्नु शुभ हुनेछ। “ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे” मन्त्र जप गर्दा आत्मबल बढ्नेछ। पश्चिम दिशा शुभ, उत्तर दिशामा सतर्क रहनुहोस्। हरियो रङ शुभ, रातो टाढा राख्नुहोस्। शुभ अंक ५, अशुभ अंक ८ रहनेछ। आज विवेक प्रयोग गरी निर्णय लिनुहोस्, सफलता मिल्नेछ।

तुला

लगानीका लागि व्यापार, कला, संगीत, र कानुनी परामर्श तपाईँका लागि लाभदायक देखिन्छ भने ठुला साझेदारी, विलासिता, ऋण कारोबारमा खर्च गर्दा हानि हुनसक्छ। सेयर बजारमा बैंकिङ र सेवा क्षेत्र सुधारोन्मुख देखिए पनि ऊर्जा क्षेत्रमा उतारचढाव रहनसक्छ। पारिवारिक खर्चमा वृद्धि हुनसक्छ। बचतको योजना बनाएर चल्नु राम्रो हुनेछ। स्वास्थ्यमा छालासम्बन्धी समस्या देखिनसक्छ। सफाइमा ध्यान दिनुहोस्। देवी लक्ष्मीको आराधना गर्नु शुभ हुनेछ। “ॐ महालक्ष्म्यै नमः” मन्त्र जप गर्दा आर्थिक समृद्धि प्राप्त हुनेछ। पश्चिम दिशा शुभ, उत्तर दिशामा सतर्क रहनुहोस्। गुलाबी रङ लाभदायक, खैरो टाढा राख्नुहोस्। शुभ अंक ६, अशुभ अंक ८ रहनेछ। कूटनीतिक तरिकाले काम गर्नुभयो भने सफलता पाइनेछ।

वृश्चिक

लगानीका लागि तपाईँलाई जलसम्बन्धी व्यवसाय, अनुसन्धान, उर्जा, औषधि र रियल स्टेट लाभदायक देखिन्छ भने सट्टाबाजी सेयर बजारमा औषधि र सूचना प्रविधि क्षेत्रमा सुधार देखिए पनि दूरसञ्चार क्षेत्रमा उतारचढाव रहनेछ। पारिवारिक खर्च सामान्य भए पनि आकस्मिक खर्च हुनसक्छ। बचतलाई प्राथमिकता दिनुहोस्। स्वास्थ्यमा रक्तचाप वा तनावसम्बन्धी समस्या देखिनसक्छ। ध्यान दिनुहोस्। भगवान हनुमानको आराधना गर्नु शुभ हुनेछ। “ॐ हं हनुमते नमः” मन्त्र जप गर्दा आत्मबल बढ्नेछ। दक्षिण दिशा शुभ, पूर्व दिशामा सतर्क रहनुहोस्। रातो रङ शुभ, नीलो टाढा राख्नुहोस्। शुभ अंक ९, अशुभ अंक २ रहनेछ। आत्मबलका साथ अघि बढ्नुहोस्, सफलता मिल्नेछ।

धनु

लगानीका लागि शिक्षा, यात्रा, आध्यात्मिक कार्य, र कार्गो कुरियर लाभदायक देखिन्छ भने ऋण कारोबार, उर्जा र अनावश्यक यात्रामा खर्च हुनसक्छ। सेयर बजारमा पर्यटन र बैंकिङ क्षेत्र सुधारोन्मुख देखिए पनि ऊर्जा क्षेत्रमा उतारचढाव रहनेछ। जीवन साथिको फजुल खर्चले मानसिक तनाव हुनसक्छ। स्वास्थ्यमा पेट वा नसासम्बन्धी समस्या देखिनसक्छ। भगवान विष्णुको आराधना गर्नु शुभ हुनेछ। “ॐ नमो भगवते वासुदेवाय” मन्त्र जप गर्दा मन शान्त हुनेछ। पूर्व दिशा शुभ, पश्चिम दिशामा सतर्क रहनुहोस्। पहेँलो रङ लाभदायक देखिन्छ भने कालो टाढा राख्नुहोस्। शुभ अंक ३, अशुभ अंक ७ रहनेछ। धार्मिक कार्यमा रुचि राख्दा मानसिक शान्ति मिल्नेछ।

मकर

लगानीका लागि घरजग्गा, सरकारी काम, खनिज पदार्थ, र उद्योगधन्दा लाभदायक देखिन्छ भने ठूला साझेदारी, सट्टाबाजी र विलासितामा खर्च गर्दा हानि हुनसक्छ। सेयर बजारमा बैंकिङ र रियल स्टेट क्षेत्रमा सुधार देखिए पनि सूचना प्रविधि क्षेत्रमा उतारचढाव रहनेछ। पारिवारिक खर्च सामान्य भए पनि परिवारमा कुनै महत्वपूर्ण निर्णय लिनुपर्ने हुनसक्छ। सोचविचार गरेर अघि बढ्नुहोस्। स्वास्थ्यमा हड्डी वा जोर्नीसम्बन्धी समस्या देखिनसक्छ। शरीरको हेरचाह गर्नुहोस्। शनिदेवको आराधना गर्नु शुभ हुनेछ। “ॐ शं शनैश्चराय नमः” मन्त्र जप गर्दा मानसिक शान्ति मिल्नेछ। दक्षिण दिशा शुभ छ भने उत्तर दिशामा सतर्क रहनुहोस्। नीलो रङ शुभ छ भने पहेँलोबाट टाढा राख्नुहोस्। शुभ अंक आठ देखिन्छ भने अशुभ अंक पाँच रहनेछ। धैर्य राखेर अगाडि बढ्दा सफलता मिल्ने छ।

कुम्भ

लगानीका लागि औषधि, अनुसन्धान, विज्ञान, र शिक्षा क्षेत्र लाभदायक देखिन्छ भने सट्टाबाजी, अनावश्यक खर्च र जलस्रोत क्षेत्रमा लगानी शुभ देखिदैन। सेयर बजारमा औषधि र सूचना प्रविधि क्षेत्र सुधारोन्मुख देखिए पनि बैंकिङ क्षेत्र उतारचढावमा रहनसक्छ। योजना बनाएर बचत गर्ने हो भने आर्थिक सन्तुलन कायम राख्न सकिन्छ। स्वास्थ्यमा मानसिक तनाव वा निद्रासम्बन्धी समस्या देखिनसक्छ। आराम र ध्यानमा ध्यान दिनुहोस्। भगवान शिवको आराधना गर्नु शुभ हुनेछ। “ॐ नमः शिवाय” मन्त्र जप गर्दा शान्ति प्राप्त हुनेछ। पश्चिम दिशा शुभ, उत्तर दिशामा सतर्क रहनुहोस्। हरियो रङ लाभदायक छ भने रातो टाढा राख्नुहोस्। शुभ अंक ३ रहेको छ भने अशुभ अंक ६ रहेको छ। ध्यान र विवेकले सफलता प्राप्त गर्न सकिन्छ।

मीन

आज लगानीका लागि कला, संगीत, पर्यटन, र धार्मिक कार्य लाभदायक देखिन्छ भने अनावश्यक खर्च, सट्टाबाजी, र ठूला साझेदारीमा लगानी गर्दा घाटा हुनसक्छ। सेयर बजारमा कला र पर्यटन क्षेत्र राम्रो देखिए पनि ऊर्जा क्षेत्रमा उतारचढाव रहनसक्छ। तर आकस्मिक खर्च हुनसक्छ तयारी गर्नुहोला। स्वास्थ्यमा रक्तचाप र मानसिक तनावसम्बन्धी समस्या देखिनसक्छ। देवी लक्ष्मीको आराधना गर्नु शुभ हुनेछ। “ॐ महालक्ष्म्यै नमः।” मन्त्र जप गर्दा आर्थिक समृद्धि मिल्नेछ। उत्तर दिशा शुभ रहेको छ भने दक्षिण दिशामा सतर्क रहनुहोस्। सुन्तला रङ लाभदायक छ भने नीलो टाढा राख्नुहोस्। शुभ अंक पाँच रहेको छ भने अशुभ अंक दुई रहनेछ। आज तपाईंको राम्रो दिन हुनेछ। सकारात्मक सोच राख्नुहोस्।