बौद्धनाथ क्षेत्रविकास समितिको कार्यकारी निर्देशकमा मोहनबहादुर गुरुङ नियुक्त, यी हुन मन्त्रिपरिषदका १३ निर्णय

735
Shares

काठमाडौं । सरकारले बौद्धनाथ क्षेत्रविकास समितिको कार्यकारी निर्देशकमा ललितपुरका मोहनकुमार गुरुङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको वैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा तामाङलाई नियुक्त गरेको हो ।

पर्यटन मन्त्रालयले गत पुस २३ गते सार्वजनिक सूचना माग गरेर वौद्धनाथ क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको लागि दरखास्त आव्हान गरेको थियो । उक्त प्रस्तावबाट छनोट भएका तीन जनामध्येबाट सरकारले तामाङलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

तामाङ बौद्ध दर्शनमा विद्यावारीधी गर्दै गरेका र प्राध्यापक पेशामा संग्लग्न व्यक्ति भएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७८ खारेज गर्ने, जापानमा जेठ १५ देखि १७ सम्म हुने एसिया प्यासिफक टेलिकम्युनिटीमा सहभागि हुन स्वीकृति दिने, बेलायतमा जेठ ४ देखि ७ सम्म हुने इजुकेसन वल्र्ड फोरममा सहभागि हुने शिक्षा मन्त्री विद्या भट्टराईलाई स्वीकृति दिने सहितको १३ वटा निर्णय गरेको छ ।