
काठमाडौं । प्रतिनिधि सभाको बैठक आधा घन्टाका लागि स्थगित भएको छ ।
आज बिहान करिब साढे ११ बजे बसेको बैठक स्थगित भएको हो । बैठक सुरुभए लगत्तै प्रतिपक्षि दलका सांसदहरुले उठेर विरोध गरेका थिए ।
सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पदबाट हटाएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका विपक्षी दलहरूले प्रतिनिधि सभा बैठकमा बिरोध जनाए ।
बैठक सुरू हुनेबित्तिकै माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायतका विपक्षी दलका सांसदहरू उठेर आपत्ति जनाए ।
सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्ने अवसर दिएपछि उनले घिसिङलाई हटाउने सरकारको निर्णयको बिरोध गरे । त्यसपछि प्रतिपक्षी दलका सांसदहरुले उठेर बिरोध जनाइरहेका छन् । सभामुख घिमिरेले बारम्बार बस्न आग्रह गरे पनि उनीहरुले उठेर बिरोध जनाइरेका हुन् ।
प्रतिक्रिया