
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह(बालेन)ले कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने ? भन्दै प्रश्न गरेका छन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध आफ्नै कर्मचारीहरुलाई बनाउन लगाएको राय प्रतिवेदन सार्वजनिक गर्दै उनले आफूलाई पक्राउ गर्न चुनौती दिएका हुन् ।
काठमाडौं टावरको नक्सा स्वीकृत गर्ने प्रक्रियामा गुरागाईंको भूमिका छानविन गर्न बालेनले गठन गरेको समितिले गुरागाईंलाई निर्दोष ठहर्यो । तर, बालेनले यस प्रतिवेदन अस्वीकार गरी आफ्नै अधीनमा रहेका तीन विभाग प्रमुखहरूलाई नयाँ प्रतिवेदन तयार गर्न लगाए । यस प्रतिवेदनमा नक्सा स्वीकृतिमा अनियमितता रहेको दावी गरी गुरागाईंको स्वीकृति रद्द गर्न सिफारिस समावेश छ ।








प्रतिक्रिया