के हो फोनपेको डिजिस्मार्ट नेपाल अभियान ?


काठमाडौं । फोनपेले ग्लोबल मनि विक २०२५ को अवसरमा “Fonepay Digi-Smart Nepal” अभियान सञ्चालन गरिरहेको छ । यस अभियानको उद्देश्य नेपाल भर डिजिटल वित्तीय साक्षरताको प्रवर्द्धन गर्नु का साथै डिजिटल भुक्तानीलाई सुरक्षित, सरल, र पहुँच योग्य बनाउनु हो ।

अभियानले डिजिटल वित्तीय प्रणाली प्रति नागरिकहरूको विश्वास अभिवृद्धि गर्दै डिजिटल भुक्तानीको सही प्रयोग, सुरक्षाका उपायहरू, र यसको फाइदाबारे जानकारी प्रदान गर्नेछ |

Fonepay Digi-Smart Nepal अभियान अन्तर्गत डिजिटल वित्तीय साक्षरता र जन चेतना प्रवर्द्धन गर्न विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछन् |

यस्ता कार्यक्रमहरूमा कलेजहरूमा स्क्रिप्ट ड्रामा, डिजिटल सचेतना क्विज प्रतियोगिता, सामाजिक प्रयोग (Social Experiment), वित्तीय विज्ञहरूसँग Q&A आदि पर्दछन् | यी कार्यक्रममार्फत डिजिटल भुक्तानीको सहजता र सुरक्षाबारे जनचेतना फैलाइनेछ ।

त्यसैगरी यस अवधिभरि  डिजिटल माध्यमलाई व्यापक रूपमा अपनाई डिजिटल भुक्तानीलाई प्राथमिकता दिने व्यवसायीहरूलाई विशेष प्रोत्साहन प्रदान गरिनेछ ।

यसका साथै Fonepay ले Share & Win Contest पनि आयोजना गर्ने छ, जसमा सहभागी भई एक भाग्यशाली विजेताले रु. ५०,००० जित्ने अवसर प्राप्त गर्न सक्नेछन् । यस प्रतियोगितामा भाग लिन डिजिटल भुक्तानीले आफ्नो जनजीवनलाई सहज बनाएको  कुनै अनुभव साझा गरि Facebook, Instagram, वा TikTok मा भिडियो पोष्ट गर्नुपर्ने छ ।

Digi-Smart Nepal अभियानमार्फत Fonepay ले डिजिटल भुक्तानीलाई अझ सरल, सुरक्षित, र सबैका लागि सहज बनाउने लक्ष्य राखेको छ । अभियान अवधि मार्च १७ देखि मार्च ३१, २०२५ सम्म रहनेछ।

यो अवधिमा मात्र नभएर हामी सधैँ डिजिटल भुक्तानी गर्दा  सुरक्षित कारोबार सुनिश्चित गर्न हामी सबै सचेत रहनुपर्छ । सुरक्षित डिजिटल कारोबारलाई प्रोत्साहित गर्न, प्रत्येक नागरिकले डिजिटल भुक्तानीका सुरक्षित अभ्यासहरू अपनाउनु आवश्यक छ।  पछिल्लो समयमा डिजिटल ठगीका घटना बढ्दै गइरहेका छन्, त्यसैले सुरक्षित डिजिटल कारोबारका लागि सतर्कता अपनाउनु जरुरी छ । आफ्ना व्यक्तिगत वित्तीय विवरणहरू सुरक्षित राख्न र सुरक्षित डिजिटल माध्यमहरूको प्रयोग गर्न फोनपेले अनुरोध गरेको छ ।

Skip This