२५ करोड रुपैयाँबराबरको विदेशी मुद्रा बैंक र मनि चेञ्जर प्रणालीभन्दा बाहिरको हो: राष्ट्र बैंक

2.7k
Shares

काठमाडौं । सोमबार राति प्रहरीले काठमाडौंको टोखाबाट २५ करोड रुपैयाँ भन्दा माथि हुने विदेशी मुद्रा युरो र अमेरीकी डलर सहित ट्रक र त्यसको चालक समेत पक्राउ गर्यो ।

काठमाडौंबाट चिनतर्फको नाका रसुवाको केरुङतर्फ जाँदै गरेको ट्रकबाट प्रहरीले ठूलो मात्रामा विदेशी मुद्रा बरामत गरेको हो । २५ करोड १९ लाख २४ हजार ९० रुपैयाँ बरारको युरो र अमेरीकी डलर बरामद भएको थियो ।

ट्रक चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चालकको सिटमाथि फल्स बटम बनाएर लुकाएको अवस्थामा २५ करोड बढी रकमसहित टोखाको झोरबाट लामालाई पक्राउ गरेको थियो ।

सम्पत्ति शुद्धिकरण तथा आतंकावादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विश्वव्यापी रुपमा निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटीएफ) ले हालै मात्रै नेपाललाई ग्रे लिस्टमा राखेको बेला बाहिरिएको यस्तो समाचारले थप जोखिम निम्त्याइदिएको छ ।

यति ठूलो परिमाणमा अवैध रुपमा लैजाँदै गरेको विदेशी मुद्रा पक्राउ परेपछि सबै सरोकारवालामा चासो बढेको छ । ठूलो मात्रामा विदेशी मुद्रा प्रहरीले बरामद गरेपछि उक्त रकम कहाँबाट आयो भन्ने प्रश्न उठेको छ ।

ट्रक चालक लामाले आफूलाई दुई जनाले उक्त रकम ल्याइदिन भनेकाले लैजान लागेको प्रहरीसँगको बयानमा भनेका छन् । चीनसँग सीमा जोडिएको क्षेत्र केरुङबाट दुई जनाले उक्त सामान ल्याउन निर्देशन दिएको बयान लामाको रहेको प्रहरीले जनाएको छ ।

गाडीको क्याबिनमा फल्स बटम बनाएर पैसा लुकाइएको पाइएको प्रहरीले जनाएको छ । लामा विगतमा पनि सुन तस्करीमा ५ केजी सुन सहित पक्राउ परी ५ वर्ष जेल बसेर छुटेको थिए । सोही कारण पनि उक्त रकम सुन तस्करीको हुनसक्ने प्रहरीको विश्लेषण छ ।

उक्त रकमको स्रोत हालसम्म खुल्न सकेको छैन । यो विदेशी मुद्रा सुन खरिदका लागि चीन जान लागेको प्रहरीले दाबी गरे पनि यसका मालिक को हुन् ? भन्ने अहिलेसम्म पत्ता लागेको छैन । पक्राउ परेका चालकले भने एक चिनियाँ नागरिकले सामाखुसीमा ल्याएर दिएको बताएका छन् ।

उक्त नगदको मालिक नेपाली नै भएको हुनसक्ने आँकलन प्रहरीले गरेको छ । प्रहरीले विदेशी मुद्रा सहित पक्राउ परेका लामालाई अनुसन्धानको लागि राजस्व अनुसनधान विभागको जिम्मा लगाएको छ । उक्त विषयामा बुधबार सदनमा पनि राम्रै बहस भएको छ । उक्त नगदको मालिक को हो ? भन्ने विषयमा प्रशासनदेखि सदनसम्मको चासो हुँदा यति ठूलो परिमाणमा विदेशी मुद्रा कसरी आयो भन्ने पनि चासो बढेको छ ।

नेपाल राष्ट्र बैंककका उच्च अधिकारीहरु भने उक्त रकम बैंकिङ वा मिनिचेञ्जर जस्ता औपचारिक माध्यमबाट जान नसक्ने दाबी गर्छन् । खुला सिमानाका कारण अनौपचारिक माध्यमबाट नै उक्त रकमको कारोबार भएको हुनसक्ने राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको भनाइ छ ।

प्रहरीले पनि सुराकीको आधारमा उक्त रकम बरामद गरेको उनको भनाइ छ । केरुङ काठमाडौं रूटमा दैनिक २ हजार ट्रक चल्ने भन्दै उनले प्रहरीले चेक गर्दा पनि त्यसरी लगेको रकम भट्न नसकिने परिस्थितमा सुराकीले काम गरेको बताए ।

‘ठूलो मात्रामा विदेशी मुद्रा बरामद भएकोले विदेशी विनिमय नियमित गर्ने ऐन आकर्षिक हुने भएकोले केन्द्रिय बैंकको चासो स्वभाविक रुपमा रहन्छ,’ डेपुटी गभर्नर मिश्र भन्छन्, ‘यसले प्रशस्त रुपमा अनौपचारिक व्यापार हुने गरेको संकेत गर्छ । यसलाई प्रशासनिक कारवाहीमार्फत् रोक्नुपर्छ । अनौपचारिक बजारमा विदेशी मुद्राको कारोबार ठूलै परिमाणमा हुने गरेको यसले संकेत यसले गर्छ ।’

यस्तो कारोबारलाई नियन्त्रण गर्ने नीति निमार्ण र कानुनमा ध्यान दिनुपर्ने देखिएको छ । राष्ट्र बैंकको नीतिगत सुधारले मात्रै अनौपचारिक बजारमा हुने यस्ता कारोबार रोक्न सक्दैन । औपचारिक माध्यमबाट नै वस्तु तथा सेवाको आयातमा प्रशस्त विदेशी मुद्रा दिने भएकोले केन्द्रिय बैंकको नीतिको कारण अनौपचारिक व्यापारमा विदेशी मुद्राको कारोबार हुने अवस्था नरेहको मिश्रको दाबी छ ।

‘विदेशी विनियमको कारोबार गर्न औपचारिक माध्यमहरु मनिचेञ्जर लगायतबाट उक्त मुद्राको कारोबार नभएकोमा केन्द्रिय बैंक विश्वस्त छ,’ मिश्र भन्छन्, ‘नेपाली मुद्रा पनि नगद कारोबार धेरै गर्दा निरगानीमा पर्छ । यति ठूलो परिमाणमा विदेशी मुद्रा औपचारीक प्रणालीबाट कारोबार भएर त्यसरी बाहिर जान सक्दैन ।’

मनिचेञ्जरहरुले पनि हरेक दिनको कारोबारको रिपोर्टिङ गर्नुपर्ने भएकोले औपचारिक प्रणालीको प्रयोग नभएको मिश्रको दाबी छ ।

Skip This