बजारबाट २५ अर्ब रुपैयाँ खिच्दै केन्द्रीय बैंक, कति छ अधिक तरलता ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तरलता खिचेको छ । नेपाल सरकारले चालु आर्थिक वर्षमा बजेटको लक्ष्यको करिब ८० प्रतिशत आन्तरीक ऋण परिचालन गरिसक्दा पनि प्रणालीमा लगातार अधिक तरलता भएपनि केन्द्रीय बैंकले तरलता प्रशोचन गर्दै आएको छ ।

बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत २१ दिनको लागि २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । ब्याजदर बोलकबोलबाट निर्धारण हुने निक्षेप संकलन उपकरण २७ चैतमा परिपक्व हुनेछ ।

चालु आर्थिक वर्षको फागुनसम्म अपेक्षित कर्जा विस्तार नभएपनि पछिल्लो २ वर्षको तुलनमा सुधारउन्मुख देखिन्छ । तर, अधिक तरलता कायम भएपछि निरन्तर केन्द्रिय बैंकले तरलता प्रशोचन गर्दै आएको छ ।

चालु आर्थिक वर्षको सुरुवातमा करिब साढे ३ खर्ब तरलत केन्द्रिय बैकंकले निरन्तर खिच्दै आएको थियो । पछिल्लो केही समयमयता करिब २ खर्ब २० अर्ब तरलता केन्द्रिय बैंकले प्रशोचन गरेर बक्यौता रहँदै आएको छ । तर, आर्थिक वर्षको अन्तिममा सरकारले खर्च बढाएपछि पुनः अधिक तरलतको दबाब बढ्नेछ ।

५ चैतको केन्द्रीय बैंकको तथ्यांकअनुसार बैंकिङ प्रणालीबाट केन्द्रिय बैंकले प्रशोचन गरेको तरलता २ खर्ब २० अर्ब ९० करोड छ ।

Skip This