टेलिकम कम्पनीलाई १ साताभित्र ५जीको अनुमति दिने दूरञ्चार प्राधिकरणको घोषणा

294
Shares

काठमाडौं । टेलिकम कम्पनीलाई १ साताभित्र ५जीको अनुमति दिने नेपाल दूरसंचार प्राधिकरणले घोषणा गरेको छ । प्राधिकरणका अध्यक्ष भुपेन्द्र भन्डारीले बुधबार नेपाल आर्थिक पत्रकार समाज(सेजन) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा टेलिकम कम्पनीले निवेदन दिएको एक सातामा ५ जीको अनुमति दिन सकिने बताए ।

नेपालका टेलिकम कम्पनी ५ जीको लागि तयार नरहेकोले र पूर्वाधार बनाउन तयार नभएको बन्ने गुनासो बढेको सममा प्राधिकरणले भने तुरुन्तै ५जीको अनुमति दिन सकिने बताएको छ ।
भन्डारीले भने ‘एकै पटक देश भर जान नसकिएला तर ८वटा सहरबाट सुरु गर्न सकिन्छ ।’

उनका अनुसार टेलिकम कम्पनी तयार हुने हो भने नियामकले रोक्दैन । उनले टेलिकम कम्पनीलाई आवश्यक २१ मेगाहर्जको फ्रीक्वेन्सी समेत दिन सकिने पनि बताए ।

हाल नेपाल टेलिकमले परीक्षणमात्रै गरेको छ भने सुरु गरेको छैन । एनसेलले भने ५ जीको परीक्षण गरेको छैन भने पछिल्लो समय पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने भएकोले यसले ५जी मा जाने आट पनि गरेको छैन ।