विशाल बजारको साधारण सभा रोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

469
Shares

काठमाडौैं । विशाल बजारको साधारण सभा रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । विशाल वजार कम्पनीका सेयरधनी सुनिलकुमार शाक्यले विशाल बजार कम्पनी विरुद्ध दिएको रिट निवेदनमाथि उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र ऋषि राजभण्डारीको इजलासले २६ फागुनमा उक्त अन्तरिम आदेश दिएको हो ।

पाटन उच्च अदालतले २०८१ माघ २९ गते गोरखापत्रमा सूचना प्रकाशन गरेर यही फागुन २९ गते (भोलि विहीबार) सम्पन्न गर्ने भएको वार्षिक साधारण सभा सेयरधनीको हित विपरित हुन लागेको भन्दै तत्कालालाई रोक्न अन्तरिम आदेश दिएको हो । अदालतले रिट निवेदनको टुंगो नलगेसम्म साधारणसभा गर्ने निर्णय कार्यान्वयन नगर्न पनि अदालतले आदेश दिएको छ ।

अदालतले निदवेदकको मागदाबी सम्बोधन गर्ने विषय कम्पनी ऐन २०६३ को दफा १३९ (४) समेतको अनुकुल नै भएको भन्दै निवेदनको अन्तिम किनारा नलागेसम्म विशाल बजारले गत माघ २९ मा प्रकाशन गरेको साधारणसभा गर्ने सूचना कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न आदेश दिएको हो । साथै १५ दिनभित्र विशाल वजार कम्पनीलाई लिखित जफाव पेश गर्न पनि अदालतले आदेश दिएको छ ।