कालिमाटी तरकारी थोक बजार : मूला सेतो लोकल १५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?

112
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा सोमबार ठूलो गोलभेँडा थोकमा प्रतिकिलो २५ रुपैयाँमा बिक्री भएको छ ।

यस्तै गोलभेँडा सानो २२, आलु रातो ३५, आलु रातो ३२, प्याज सुकेको ६५, गाजर ४०, तराई गाजर ३०, बन्दा लोकल १२, बन्दा नरिवल १५, काउली स्थानीय २०, स्थानीय काउली ज्यापु २०, मूला रातो ४०, मूला सेतो लोकल १५, सेतो मूला हाइब्रिड ३०, भन्टा लाम्चो ५० तथा भन्टा डल्लो ६० रुपैयाँमा बिक्री भएको छ ।

यसैगरी, मटरकोसा ५०, घिउ सिमी लोकल ४५, घिउ सिमी हाइब्रिड ४५, घिउ सिमी राजमा ९०, टाटे सिमी ८०, तिते करेला १३०, लौका ५०, परबर लोकल ११०, परबर तराई २००, घिरौला ९०, झिगुनी ९०, फर्सी पाकेको ५०, फर्सी हरियो लाम्चो १५, हरियो फर्सी डल्लो १५ तथा भिण्डी ११० रुपैयाँमा बिक्री भएको छ ।

यस्तै सखरखण्ड ७०, बरेला ५०, पिँडालु १००, स्कूस ४०, रायो साग ४०, पालुङ्गो साग ६०, चमसुरको साग ८०, तोरीको साग ४०, मेथीको साग ६०, प्याज हरियो ३०, बकुला ५०, तरुल ९०, च्याउ कन्ये ११०, च्याउ डल्ले ३५०, राजा च्याउ ३०० र सिताके च्याउ ८०० रुपैयाँमा बिक्री भएको छ ।

ब्रोकाउली ४०, सजीवन १८०, रातो बन्दा ५०, जिरीको साग ५०, सेलरी १५०, सौफको साग ८०, पार्सले ३००, काँक्रो लोकल ६०, काँक्रो हाइब्रिड ५०, रुख कटहर १३०, अदुवा १००, खुर्सानी हरियो ७०, भेडे खुर्सानी १०० र लसुन सुकेको नेपाली प्रतिकिलो २३० रुपैयाँमा बिक्री भएको छ ।